गण्डकी सरकारले स्थानीय तहलाई राहतस्वरुप साढे ६ करोड रुपैयाँ दिने

समाधान संवाददाता
गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई राहतस्वरुप ६ करोड ५० लाख रुपैयाँ दिने भएको छ । मंगलबार दिउँसो बसेको ३६ औं मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ वटै स्थानीय तहलाई राहतस्वरुप सो रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
प्रदेशले राहतस्वरुप पोखरा महानगरपालिकालाई सबैभन्दा धेरै १ करोड रुपैयाँ दिने भएको छ । प्रदेशभित्रका २६ नगरपालिकालाई १०/१० लाखका दरले २ करोड ६० लाख र ५८ वटा गाउँपालिकालाई ५/५ लाखका दरले २ करोड ९० लाख रुपैयाँ राहत दिने प्रवक्ता बस्नेतले जानकारी दिए ।
यो राहत रकमले दैनिक ज्यालादारी गर्ने परिवार भोकै बस्न नपर्ने विश्वास प्रदेश सरकारको छ । स्थानीय तहले गरिब परिवारको पहिचान गरेर विनियाजित रकमको जिन्सी सामाग्री दिने उनले बताए। गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि कोष स्थापना गरेको छ । सो कोषमा हालसम्म ६२ लाखभन्दा बढी रकम जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भिडियो









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया