राहत वितरण व्यवस्थित र प्रभावकारी बनाउन कास्की कांग्रेसकाे माग

समाधान संवाददाता २०७६ चैत १८ गते २०:५९

समाधान संवाददाता

नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यावहारिक बनाउन माग गरेको छ ।

Advertisement

पार्टीका तर्फबाट जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यावहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरिएको छ ।

दैनिक ज्यालादारी र मजदूरी गर्नेसँग मापदण्डअनुुसारको कागजपत्र हुनसक्ने अवस्था नरहेका कारण व्यावहारिक भएर राहत उपलब्ध गराउनुपर्ने भन्दै काँग्रेसले गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक र उपकरणलगायतको अभाव हुँदा परीक्षण र उपचारमा ढिलाइ हुन नहुने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया