पोखरामा आटाको मौज्दात कम, १० दिनलाई मात्र पुग्ने

समाधान संवाददाता २०७६ चैत १९ गते १८:५४

समाधान संवाददाता

खाद्य वस्तु आटाको मौज्दात कम पोखरामा रहेको पाइएको छ । बुधबार बसेको जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले १० दिनको माग धान्न सक्ने मौज्दात रहेको निष्कर्ष निकालेको हो ।

बाहिरी जिल्लाबाट आयात गर्नका लागि मिलहरु बन्द रहेकाले यस विषयमा गृह मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पहल गरिदिन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

Advertisement

लकडाउनको छेको पारेर कालोबजारी र जम्माखोरी हुन सक्ने भन्दै समितिले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको समिति सदस्य कपिलनाथ कोइरालाले जानकारी दिए ।

‘यस्तो बेलामा वस्तु लुकाउने प्रवृत्ति बढी हुन्छ । व्यावसायीको धेरै लाभ लिने मनस्थितिमा हुन्छ । त्यसैले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भयो,’ उनले भने ।

Advertisement

खाना पकाउने ग्यास भने सहज रुपमा आपूर्ति भइरहेको सदस्य कोइरालाले जनाए । उनले भने, ‘खाना पकाउने ग्यास सहज रुपमा आइरहेको छ । मंगलबारदेखि उद्योगीले आधा सिलिन्डर ग्यास मात्र बजारमा पठाएका छन् ।’

पोखरामा मासुको आपूर्तिमा समस्या भएकाे गुनासाे आइरहेकाले आवश्यक पहल गर्न समितिले पोखरा महानगरपालिकासँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया