काेराेना संक्रमित बागलुङकी युवतीका परिवारमा छैन कोरोना

गलकाेट
कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो ।
परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ ।
संक्रमित युवतीको स्वास्थावस्था सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना संक्रमण नहुन सक्ने आशा जागेको डा पोख्रेलले जानकारी दिनुभयो ।
ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाडौँकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार अन्य यात्रुको खोजी गर्ने क्रममा बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गर्दा कोरोना पुष्टि भएको थियो ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया