९३५ हजार बढी सक्रमित, अमेरिकामा मात्रै २१५ हजार बढी

समाधान संवाददाता २०७६ चैत २० गते ७:५५

एजेन्सीहरु

विश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख ३५ हजार नाघेको छ । यो समाचार तया पार्दासम्म ९ लाख ३५ हजार २८२ जना संक्रमित भएको एजेन्सीहरुले बताएका छन् ।

यो भाइरसबाट ४७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन । एजेन्सीका अनुसार यो समाचार तयार पार्दासम्म ४७ हजार २८३जनाको मृत्यु भएको छ भने विश्वका २०६ देशमा संक्रमण फैलिएको छ । करिब २ लाख ८० जना निको भएका छन् ।

Advertisement

पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । अमेरिकामा मात्र २ लाख १५ हजार ४५५ बढी संक्रमित हुँदा ५ हजार १२७ को मृत्यु भएको छ ।

इटलीमा १ लाख १० हजार बढी संक्रमित मध्ये १३ हजार १५९ बढीको मृत्यु भएको छ ।

Advertisement

स्पेन तेश्रो नम्बरमा छ । यहाँ पनि संक्रमितको संख्या एक लाख माथि पुगेको छ । स्पेनमा १ लाख ४ हजार बढी संक्रमित मध्ये ९ हजार ३६७ बढीको ज्यान गएको छ ।

जर्मनमा झण्डै ७८ हजार संक्रमित पुग्दा ९२९ को मृत्यु भएको छ भने फ्रान्समा करिब ५७ हजार संक्रमित पुग्दा ४ हजा ३२ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि संक्रमित र मृतकको संख्या बढेको द्ध । यहाँ झण्डै ३० हजार संक्रमित हुँदा २ हजार ३५२ जनाको मृत्यु भएको छ र

तपाईको प्रतिक्रिया