पोखरामा मोटरसाईकलसहित नालीमा खस्दा चालक पुनको मृत्यु
समाधान संवाददाता
२०७६ चैत २० गते ९:३४

समाधान संवाददाता
पोखरामा मोटरसाईकलसहित नालीमा खस्दा चालकको ज्यान गएको छ । पोखरा-१४ खसिबजार चोकको नालीमा खसेर पोखरा-२६ निवासी निमराज पुनको ज्यान गएको हो।
ग ११ प ८२८१ नम्बरको बुलेट मोटरलाईकल बुधबार राति नालीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी इनस्पेक्टर सन्तोष रोकाले जानकारी दिए । मोटरसाईकल बिहान नालीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोलीले मोटरसाईकल र पुनको शवलाई नालीबाट निकालेको हो । उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
तस्बिर-सुरज श्रेष्ठ
सम्बन्धित
तपाईको प्रतिक्रिया