बागलुङकै ६५ वर्षे महिलामा भेटियाे काेराेना, संक्रमित ६ जना पुगे

पाेखरा
नेपालमा थप १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएकाे छ । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा दाेहाबाट काठमाडाैं बागलुङ नगरपालिका ३ गाैंडाकी ६५ वर्षे महिला रहेकाे स्राेतले जनाएकाे छ ।
उनी बिहीबारसम्म पनि गाउँमै छन् । धाैलागिरी अञ्चल अस्पतालमा उनलाई उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनी बेल्जियममा आफन्तलाई भेटेर फर्केकी हुन् ।
क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बागलुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये एकजनाको टेकु अस्पताल र अर्की एक युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले नियमित प्रेस ब्रिफ्रिङमा बिहीबार उक्त जानकारी गराएका हुन् । योसँगै नेपालमा संक्रमित ६ जना पुगेका छन् । १ जना भने उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।
अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डा देवकोटाले जानकारी दिए । काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए । पाेखरामा पनि परीक्षण सुरु भएकाे छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया