२०७ देशका १० लाख बढी संक्रमित, ५३ हजार बढीको मृत्यु
समाधान संवाददाता
२०७६ चैत २१ गते ७:४१

एजेन्सीहरु
विश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख १४ हजार नाघेको छ । हरेक मिनेटमा संक्रमितको संख्या र मृतको आँकढा बढ्दै गएको छ । अब भाइरस विश्वका २०७ देशमा फैलिइसकेको छ ।
एजेन्सीका अनुसार यो समाचार तयार पार्दासम्म ५३ हजार २५७ जनाको मृत्यु भएको छ भने विश्वका २०७ देशमा संक्रमण फैलिएको छ । करिब २ लाख १३ हजार जना निको भएका छन् ।
पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा संक्रमितको संख्या २ लाख ५० हजार नजिक पुगेको छ । अमेरिकामा मात्र २ लाख ४५ हजार भन्दा बढी संक्रमित हुँदा ६ हजार ७० को मृत्यु भएको छ ।
इटलीमा १ लाख १५ हजार बढी संक्रमित मध्ये १४ बढीको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ भने मृतकको संख्या १० हजार माथि पुगेको छ ।
सम्बन्धित







पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया