बाग्लुङका बालकले अस्पतालमा बेड पाए, इमर्जेन्सीमा भर्ना

समाधान संवाददाता
ज्वरो र निमोनियाले थलिएका बाग्लुङका ६ बर्षे बालक होमनाथ कँडेलले उपचार पाउने भएका छन् । यी बालकले उपचार नपाएको र खुल्ला चौरमा अलपत्र पारिएको जानकारी समाधानन्यूजले प्रकाशित गरेको थियो ।
उनले बाग्लुङबाट पोखरा आएको १८ घण्टा पछि बल्ल उपचार पाएका हुन । गण्डकी प्रदेश सकार स्वास्थ्यय तथा समाजिक विकास मन्त्रीका पिए प्रकाश पौडेल समाचार बारेमा चासो दिदैं ओषधी नपाएर अलपत्र परेका बालकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मै भर्ना गर्न पहल गरेका थिए ।
‘समाधानको भिडियो र समाचार हेरेपछि म सिधै अस्पताल गए र अस्पतालका निर्देशकसंग कुरा गरेर इमर्जेन्सीमा भर्ना गराए ।’ पौडेलले समाधानन्यूजसंग भने– म अस्पताल पुग्दा पनि उनीहरु तपाईले देखाएको भिडियोमा जसरी बसेका थिए, त्यही अवस्थामा थिए ।
अब उनलाई अस्पतालबाट ननिकालिने पनि उनले दावी गरे । चिकित्सकहरुले स्वास्थ्य जाँच गरेको र कोरोनाको आशंकामा स्वाब संकलन गरेर परिक्षण गरिने पनि उनले बताए । बालकलाई विहिबार राती मणिपाल शिक्षण अस्पतालले निकालिदिएको थियो ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया