स्वास्थ्य मन्त्रालयले पनि भन्याे पाेखरामा काेराेना भेटिएकाे छैन

पाेखरा
पोखरामा कोरोनाको केस भेटिएको खबर निराधार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयले गरको नियमित पत्रकार ब्रिफ्रिङमा प्रवक्ता डा विकास देवकोटाले पोखराबाट आएका कुनै पनि केस पोजेटिभ नभएको जानकारी दिए ।
शुक्रबारसम्म मुलुकभरमा १ हजार २ सय ७७ जनाको परीक्षण भएको छ । काठमाडैबाहिर पनि धमाधम परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
धरानमा ३९, पोखरामा १९ हेटैंडामा ५ जनकपुरमा ५ सुर्खेतमा ७ र धनगढीमा ४ जनाको नमुना परीक्षण भएको छ भने बुटवलमा जडान कार्य भइरहेको छ ।
प्रदेशका मेसिनको आधिकारिकता
मन्त्रालयका प्रवक्ता देवकोटाले अहिले प्रदेशहरुमा परीक्षण थालिएका मेसिन नयाँ भएकाले तिनीहरुको विश्वसनीयता अझै पुष्टि भइनसकेको बताए । उनले भने, दोहोरो भएको होइन, सुरुसुरुमा यस्तै हुन्छ । केही नमुना मात्र पुष्टिका लागि पुन परीक्षण गरिएको हो, सँधै यस्तो हुँदैन ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया