कोरोना कोषमा प्याब्सन कास्कीको ५ लाख

समाधान संवाददाता
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल, (प्याब्सन) कास्कीले पोखरा महानगरपालिकाद्वारा स्थापित विपद् व्यवस्थापन कोषमा ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । आफूमातहतका सबै विद्यालयहरूको प्रतिनिधित्व गर्दै प्याब्सन कास्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो ।
प्याब्सन, कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेको नेतृत्वमा प्याब्सन केन्द्रीय अनुशासन समितिका सदस्य बाबुराम पन्त, प्याब्सन कास्कीका वरिष्ठ सल्लाहकार एवं पूर्व अध्यक्ष कृष्ण के.सी., प्याब्सन कास्कीका कोषाध्यक्ष श्रीकृष्ण अधिकारी लगायतको उपस्थितिमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सी. लाई रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकका उपमेयर मन्जु गुरूङ लगायत अन्य कर्मचारीको पनि उपस्थिति थियो ।
यो महामारीको समयमा प्याब्सन कास्की सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी र अन्य महानुभावहरू सबैमा आ–आप्mनो ठाउँबाट यो चुनौतीको सामना गर्न सक्दो सहकार्य र सहयोगका साथै सुरक्षितरूपमा जीवनयापन र सम्भव भएसम्मको आफ्नाे कर्मलाई निरन्तरता दिन प्याब्सन कास्कीले अनुरोध गरेको छ ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया