सामाजिक दुरी कायम राख्दै पोखरा-४ का ५० परिवारलाई राहत वितरण
समाधान संवाददाता
२०७६ चैत २१ गते २०:२४

समाधान संवाददाता
लकडाउनका कारण समस्यामा परेका पोखरा महानगरपालिका-४ का ५० परिवारलाई राहत वितरण गरिएको छ ।
वडा कार्यालयसँगको सहकार्यमा लायन्स क्लब अफ समृद्धि र तरुण दल कास्कीले वडाभित्रका विपन्न, अति विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई राहत वितरण गरेको हो ।
लायन्स क्लब अफ समृद्धिले २० परिवार र तरुण दलले ३० परिवारलाई राहतस्वरुप दैनिक उभोग्य वस्तु उपलब्ध गराएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।
सामाजिक दुरी कायम राख्दै ती परिवारलाई १५ किलो चामल, आलु, दाल, तेल, साबुन दिइएको हो ।
राहत वितरणको कामलाई निरन्तरता दिने वडाध्यक्ष बास्तोलाले बताए । उनले भने, ‘राहत वितरणको कामलाई हामी निरन्तरता दिन्छौं । जसलाई आवश्यक थियो उनीहरुलाई दिएका हौं ।’
सम्बन्धित
तपाईको प्रतिक्रिया