केशव दाइ म के गरुँ ?

समाधान संवाददाता २०७६ चैत २२ गते ७:०२

पत्रकार अनिशा श्रेष्ठकाे लकडाउन अनुभूति

अनिशा श्रेष्ठ

आदरणीय केशवशरण दाइ तपाईंको लक डाउन डायरी शुक्रबार बिहानै मोबाइलमा हेरें । लेख अन्नपूर्ण पोस्टको सहप्रकाशन सम्पूर्णको अनलाइनमा प्रकाशित थियो । समाचार हेरें, समाचारले झनै मुटु नै भक्कानिएर आयो । त्यसमा उल्लेख थियो, ‘पत्रकारिता त आफैंमा जोखिमपूर्ण पेसा हो । त्यही जोखिमको मज्जा उठाउन हामी पत्रकार बनेका हौंं ।

यसले मलाई मेरो जिम्मेवारीबाट टाढा रहन दिँदैन । बाहिर भएका कुरामा आफू पनि अपडेट हुनुप¥यो । मिडियामार्फत् आम जनतासामु पु¥याउनु प¥यो .। यो समय अरु बेलाको जस्तो बन्द नभई मानिसको निजी स्वास्थ्य र अस्तित्वसँग सम्बन्धित छ ।

केशव दाइले भनेजस्तै कोरना केन्द्रित पत्रकारिताको चुनौतीलाई सहजै अनुमान लगाउन सक्थें । किनभने म पनि दाइहरुनै हामफालेको समुद्रमा हामफालेकी थिएँ । पछिल्ला दिनहरुमा म दैनिक कति समय सुत्छु वा कति समय उठ्छु त्यति यकीन छैन । किनभने सरकारले सवै नेपालीलाई घरभित्रै बस्न अनुरोध गरेको छ । यहि देशको नागरिक भएका कारण सरकारको अनुरोध नमान्ने कुरा पनि भएन ।


छाेरालाई अंगालो मार्न दिऊँ, मसँग नै कोरोना भाइरस आएको छ कि भन्ने त्रास पनि । उसलाई र घर परिवारमा अरुलाई सर्ला भन्ने डर, धेरै थरिका डरले गर्दा पनि गाह्रो जीवन बिताउन बाध्य छु म

सरकारले गरेको लकडाउनको अनुरोधलाई म सम्वद्ध सञ्चार माध्यमले पनि अवलम्वन गरेको छ र आन्तरिक रुपमा सामान्य कार्यक्रमहरु र नियमित समाचार वाहेक सबै कार्यक्रम अर्को सूचना नभए सम्मका लागि वन्द गरेको छ । त्यसैले पनि म अहिले अधिकतम समय घरमै हुने गरेकी छु । तर पनि सुसूचित गर्ने जिम्मेवारीवाट टाढा हुन सकिँदो रहेनछ ।

शुक्रबार बिहान जब म ब्युँझिएँ । सबैकोजस्तै उठेपछिको पहिलो काम नै मोबाइलमा अपडेट हेर्न ध्यान जाने नै भयो । फेसबुक, कहाँ के भएको छ, नेपालमा कोरनाको अवस्था के छ, आदिआदि । यहिबेलामा हो दाजु केशवशरणको लेख पढेको । लेख पढिरहँदा फेसवुुकको म्यासेन्जरमा एउटा म्यासेज आयो ।

‘बोइलर कुखुरा जस्तै भयो जिन्दगी पनि .
दाना पानी खायो बस्यो
४५ दिनको हो कि
५०\६० दिनको हो, पत्तै भएन बरै’

म्यासेज जीवन रहन्छ या रहँदैन भन्ने प्रश्नमा केन्द्रित थियो । अर्थात् वाँच्नका लागि सबथोक छोडेर घर भित्रै गुम्सनुको वाध्यता । हामी बाच्न चाहन्छौं । सधै जसो काम गर्न या बाहिर निस्कनका लागि बिहान ५ बजे होस् कि बेलुका ८ बजे नै किन नहोस् ।

म काममा गएँ भने मात्रै पुग्ने थियो । किन, के काम, कहाँ हो भन्ने प्रश्न नै आएको थाहा पाइनँ । साथमा रहेको छोराले हिड्ने बेलामा ममी छिटो आउनु है भनेर भन्थ्यो । अनि परिवारमा बुवाआमा, दिदीले जहिले खानाखान छिटो आऊ है भनेर भन्नुहुन्थ्यो । परिवारका सबैले भन्ने कुराहरु औपचारिकताका लागि मात्रै हुन्थे किनभने मेरो काम नै यस्तो थियो ।

तर अहिले परिवेश अलि फरक भयो । यति बेला मलाई घरबाट निस्कन कम्तीमा ३ घन्टा त आन्तरिक अभ्यास नै गर्नुपर्छ । चाबी कहाँ छ भनेर ५० आंैं पटक सोध्नुपर्छ । घरबाट निस्कदा कहाँ, के सबै ब्रिफिङ गरेर भनेको समयमा आउने गरी निस्कनु पर्छ । घरमा बसेर भन्दा पनि फिल्डमा गएर काम गर्नुपर्छ ।

बल्लबल्ल बाहिर गयो अलिकति काम ग¥यो घरमा फर्कनै हतार । आउने बितिकै बाबु अंगालो मार्न आउँछ । उसलाइ के भन्ने, फेरि रिसायो भने, यस्तो बेलामा कसरी रिसाउन दिने उसलाई । अंगालो मार्न दिऊँ, मसँग नै कोरोना भाइरस आएको छ कि भन्ने त्रास पनि । उसलाई र घर परिवारमा अरुलाई सर्ला भन्ने डर, धेरै थरिका डरले गर्दा पनि गाह्रो जीवन बिताउन बाध्य छु म ।

अरुबेलाको जस्तो बन्द भएको भएत बेलुका ५ बजेपछि बाहिर निस्के पनि केही फरक पर्ने थिएन । अहिले जतिसक्दो घरमा नै बस्यो भने भोलिको जीवन सहज र सुरक्षित हुने आशा गर्न सकिन्छ । त्यसमै पनि पूर्ण भरोसा मान्ने अवस्था छैन ।

लगातारको सानो कोठाको चौधेरोमा वाँधिदा मन त्यसै वेचैन हुने गरेको छ । सामान्य भए पनि जानकारी भएको सूचना कुनै पनि खालको माध्यम प्रयोग गरेर लक्षित दर्शकसम्म पु¥याउन मन लाग्ने ।

परिवारका सवैलाई ढाँटेर पछिल्ला एक हप्ता म वहानै वहाना वनाएर घरबाट निस्कने गरेकी छु र फरक फरक परिवेशलाई समेटेर फेसबुक लाइभ मार्फत जानकारी दिने गरेकी छु । जव म घरमा आउँछु सबै शुभचिन्तकको एउटै गुनासो हुन्छ ‘बाँच्दै रहे काम जहिले गर्दा पनि हुन्छ, अव यो हप्ता घरबाट ननिस्क ।’

म पत्रकारिताको सिद्धान्त त खासै थाहा छैन तर तपाँई जस्ता अग्रजहरुको लेख, अनुुभव र छलफलका आधारमा केही सिक्न पाइएको छ । केशव दाइ तपाईं त क्याम्पसको लेक्चर पनि हो, तपाईंले पत्रकारिता पढाउनु पनि हुन्छ । मलाई सोध्न मन लागेको छ दाइ समाचार खोज्न निस्कौं कि के गरौं ?

पत्रकार केशवशरण लामिछानेको लकडाउन डायरी – लकडाउन डायरी : पछुताइरहेको पत्रकार

तपाईको प्रतिक्रिया