११ लाख संक्रमित, ६० हजार मृत्यु, २३२ हजार ठिक भए

एजेन्सीहरु
विश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरसबाट संक्रमितको संख्या ११ लाख पुगेको छ । हरेक मिनेटमा संक्रमितको संख्या र मृतको आँकढा बढ्दै गएको छ । यो भाइरसले विश्वका २०७ देशमा फैलएको यो भाइरसले शनिबार विहानसम्ममा करिब ६० हजार जनाको ज्यान लिइसकेको छ ।
क्षण क्षणमा बदलिरहने मृतक र संक्रमितको डाटा अनुसार यो समाचार तयार पार्दासम्म १० लाख ९९ हजार संक्रमित पुगेका छन भने ५९ हजार १८९ले ज्यान गुमाएका छन् ।
सुखद पक्ष चाही करिब २ लाख ३२ हजार जना सन्चौ भएका छन् ।
पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा संक्रमितको संख्या २ लाख ७८ हजार पुगेको छ भो ७ हजार ३९२ को मृत्यु भएको छ ।
इटलीमा १ लाख २० हजार संक्रमित हुँदा १४ ६८१ बढीको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या एक लाख १९ हजार नाघेको छ भने मृतकको संख्या ११ हजार १९८ माथि पुगेको छ ।
युरोपको अर्को देश जर्मनमा ९१ हजार बढी संक्रमित हुँदा १२ स ७७ ले ज्यान गुमाएका छन भने फ्रान्समा ६४ हजार बढी संक्रमित हुँदा ६ हजार ४०५ जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया