क्वारेन्टाइनमा बस्न नमान्ने प्रशासकीय अधिकृत लाेमान्थाङबाट फर्किए

समाधान संवाददाता २०७६ चैत २२ गते ९:०४


Advertisement

एसके थकाली
जोमसोम–

विश्व प्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ९ कोभिड–१९ ० रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ –५ का युवा सक्रियताका साथ लागेका छन् । उनीहरुले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण समिति समेत गठन गरेका छन् ।

Advertisement

कोरोना रोकथाम समितिले लोमान्थाङ गाउपालिकाका लागि गत माघमा रवाना लिएका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल पहिलो पटक लोमान्थाङ पुग्दा स्थानीय युवाले ७ दिन क्वारेन्टाईनमा बस्न अनुरोध गरे । तर प्रमुख प्रशासकीय अधिकृत पौडेल क्वारेन्टाईन बस्न नमानेपछि शुक्रबारनै जोमसोम फर्किए।

लोमान्थाङ –५ का युवाहरुले सरकारले लक डाउन गरेसंगै गाउमा नया अनुहारलाई जथाभावी प्रबेश गर्न रोक लगाउदै आईरहेका छन् । गाउले समेतलाई बिशेष कामकाज बाहेक बाहिर निस्कन नपाईने नियम लागु गरेका छन् ।

यदी कुनै कारणले कोही नया व्यक्ति गाउ प्रबेश गरे अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने नियम समेत बनाएका छन् ।लोमान्थाङ–५ को स्थानीय कोरोना रोकथामसंग आवद्ध समितिका युवाले प्रशासकीय अधिकृत पौडेललाई क्वारेन्टाईन मापदण्ड पुरा गर्न सुझाए । तर ,पौडेलले क्वारेन्टाईनमा नबस्ने जनाउदै फर्किएको लोमान्थाङका युवा टसी आङ्ग्या गुरुङले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार जोमसोमबाट गण्डकी प्रदेशले उपलब्ध गराउने मजदुर राहतको नामावली संकलन गर्न लोमान्थाङ पुगेका थिए । स्थानीय गुरुङका अनुसार प्रशासकीय अधिकृतले मजदुर नामावली संकलन गरी शनिबार फर्किने स्थानीयलाई भनेका थिए । स्थानीयले भने नामावली संकलनमा युवाहरुले सघाउने तर मापदण्ड पुरा गर्न आग्रह गरेका थिए । तर ,क्वारेन्टाईन बस्न नमानेपछि प्रमुख प्रशासकीय फर्किएका थिए ।स्थानीयका अनुसार लोमान्थाङ गाउपालिकामा रवाना लिएको ४ महिनापछि गाउमा पाईला टेकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया