कैलाली र कञ्चनपुरका ३ जनामा काेराेना

समाधान संवाददाता २०७६ चैत २२ गते १३:३०

पाेखरा

नेपालमा थप ३ जनामा काेराेना संक्रमण भेटिएकाे छ । भारतकाे उत्तराखण्डबाट नेपाल फर्केका २१ वर्षे पुरुष र मुम्मईबाट फर्केका कञ्चनपुरका ४१ वर्षे पुरुषमा काेराेना संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसअघि पनि कैलालीमा काेराेना संक्रमित भेटिएका छन् । उनकी भाउजुमा पनि पनि काेराेना भेटिएकाे छ । उनी ४३ वर्षकी छन् । नेपालभित्रै काेराेना सरेकाे याे पहिलाे घटना हाे । अरु बाँकी सबै बाहिरी मुलुकबाट आएका हुन् ।

Advertisement

याे सँगै नेपालमा काेराेना संक्रमित ९ जना पुगेका छन् । १ जना भने निकाे भएर घर फर्केका छन् । गण्डकी प्रदेशकाे बागलुङमा पनि २ जनामा काेराेना भेटिएकाे छ । उनीहरु दुवैजना बेल्जियमबाट दाेहाहुँदै नेपाल आएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया