बिरामी फर्काउने अस्पताललाई कारवाही गर्ने गण्डकी सरकारको निर्णय

समाधान संवाददाता २०७६ चैत २२ गते १६:३९

पाेखरा

गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार तयारीका सम्बन्धमा गरेको निर्णयअनुसार त्यस्ता कर्मचारीहरुको राजीनामा समेत स्वीकृत नगरिने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सबै कर्मचारीलाई तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आबद्ध निकायका कर्मचारीलाई सुत्केरी बिदा र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृति नगर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

Advertisement

यसअघि स्वीकृत भएका बिदा रद्द गर्ने र अहिलेको अवस्थामा स्वास्थ्य सेवामा आबद्ध कर्मचारीको राजीनामा समेत स्वीकृत नगर्ने निर्णय गरेको उहाँले बताउनुभयो । मन्त्रिपरिषद्ले कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा कर्मचारीलाई तयारी हालतमा राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आबद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया बिदाबाहेकका अन्य बिदा स्वीकृत नगर्ने, स्वीकृत भइसकेका बिदासमेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्मका लागि स्वास्थ्य सेवासँग आबद्ध कर्मचारीको राजीनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

उपचारका सम्बन्धमा आवश्यक पर्ने सामग्री, औषधि तथा उपकरण प्रतिस्पर्धाका आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारित अवधिभित्र प्रतिस्पर्धाका आधारमा पर्याप्त सामग्री, औषधि तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा अन्य सम्बद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Advertisement

त्यसैगरी सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफू कहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्यरुपमा उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । कुनै पनि बहानामा तत्काल उपचार नगरी बिरामी फर्काउने जस्ता गैरजिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गर्न तथा त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा त्यस्तो अस्पताल वा संस्थाको प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई सङ्क्रमण रोग ऐनलगायतको प्रचलित कानूनअन्तर्गत आवश्यक कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय गरेको छ ।

सङ्क्रामक रोग ऐनको अधिकार प्रयोग गरी स्थानीय प्रशासनले सम्बन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत गराउनुपर्ने निर्णय गरिएको छ । कोभिड–१९ उपचारको काममा खटाइएका सरकारी निकाय, निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका कर्मचारीले अनिवार्यरुपमा आआफ्नो जिम्मेवारी सम्हाल्न जाने गरी सामाजिक विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिनुपर्नेछ ।

प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा सबै कार्यालयका प्रमुख अनिवार्यरुपमा मन्त्रालय तथा कार्यालयमा हाजिर हुन तथा अन्य कर्मचारीलाई जुनसुकै बखत कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन प्रदेश सरकारअन्तर्गतका सबै मन्त्रालय तथा कार्यालयका प्रमुखलाई निर्देशन दिएको छ ।

उपचारको कार्यमा असहयोग गर्ने, बाधा व्यावधान पु¥याउने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐनबमोजिम तत्काल कारवाही गर्न सबै स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ । कोभिड–१९ कोे सम्बन्धमा दैनिक सूचना प्रवाह गर्ने जिम्मेवारी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकलाई दिएको छ ।

उपचारको सम्बन्धमा चालकसहितको एम्बुलेन्स जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन र सोको प्रगति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन पनि सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिनुपर्ने निर्णय गरिएको छ ।

कोरोनाको आशङ्का गरिएका व्यक्तिको निगरानी तथा स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइन, आइसोलेशन तथा ‘डेडिकेटेड’ अस्पतालको व्यवस्थापन गर्न तथा नियन्त्रण, रोकथाम तथा उपचारको कार्यलाई थप प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

विदेशबाट आई क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफू खुशी बस्दै आएका व्यक्तिलाई आवश्यकता र प्राथमिकताका आधारमा अनिवार्यरुपमा स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयअन्तर्गतका स्वास्थ्य सङ्घसंस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको निर्णय जस्ताको तस्तै


१.कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा कर्मचारीलाई तयारी हालतमा राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आवद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया विदा बाहेकका अन्य विदा स्वीकृत नगर्ने, स्वीकृत भई सकेका विदा समेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्मको लागि स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।


२. कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारीत अवधिभित्र प्रतिस्पर्धाको आधारमा पर्याप्त सामग्री, औषधी तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य सम्वद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने ।


३. निजी क्षेत्र, सामुदायिक क्षेत्र वा विश्व विद्यालय वा शैक्षिक क्षेत्र अन्तर्गत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थालाई कोभिड १९ रोगको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा तयारी अवस्थामा राख्ने तथा त्यस्ता अस्पताल तथा संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासकका सुत्केरी विदा र किरीया विदा वाहेकका अन्य विदा स्वीकृत नगर्न, स्वीकृत भई सकेका विदा समेत रद्द गरी कर्मचारीलाई तयारी हालतमा राख्न र राजीनामा समेत स्वीकृत नगर्नलाई संक्रामक रोग ऐन, को अधिकार प्रयोग गरी स्थानीय प्रशासनले सम्वन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत गराउनुपर्ने छ ।


४. कोभिड(ज्ञढ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको काममा खटाइएका सरकारी निकाय, निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका कर्मचारीहरुले अनिवार्य रुपमा आ(आफ्नो जिम्मेवारी सम्हाल्न जाने गरी सामाजिक विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिने।


५. प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा सबै कार्यालयका प्रमुखहरु अनिवार्य रुपमा मन्त्रालय तथा कार्यालयमा हाजिर हुन तथा अन्य कर्मचारीहरुलाई जुनसुकै बखत कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय तथा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइएको छ ।


६. कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने, वाधा व्यावधान र्पुयाउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन,  बमोजिम तत्काल कारवाही गर्न सबै स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ ।


७. कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा दैनिक सूचना प्रवाह गर्ने जिम्मेवारी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकलाई दिइएको छ ।


८. कोभिड(ज्ञढ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा चालक सहितको एम्वुलेन्सहरु जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने गरी तयारी हालतमा राख्ने व्यवस्था मिलाउन र सोको प्रगति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन सम्वन्धित स्थानीय प्रशासनलाइ निर्देशन दिइएको छ ।


९. कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आशंकित व्यक्तिहरुको निगरानी तथा स्वास्थ्य परिक्षण गर्ने, क्वारेन्टाइन, आइशोलेशन तथा डेडिकेटेड अस्पतालको व्यवस्थापन गर्न तथा नियन्त्रण, रोकथाम तथा उपचारको कार्यलाई थप प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन भएको छ ।

१०. विदेशबाट आई क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा अनिवार्य रुपमा स्वाब परिक्षण गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य संघसस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीयतहलाई निर्देशन दिइएको छ ।

१२. सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आफूकहाँ आएका जुनसुकै विरामीलाई अनिवार्य रुपमा उपचारको व्यवस्था मिलाउने र कुनै पनि वाहनामा तत्काल उपचार नगरी विरामी फर्काउने जस्ता गैर जिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गर्न तथा त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा त्यस्तो अस्पताल वा संस्थाको प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन लगायतका प्रचलित कानून अन्तर्गत आवश्यक कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने।

तपाईको प्रतिक्रिया