साहित्यमा उतारिएकाे लकडाउन

समाधान संवाददाता २०७६ चैत २३ गते ९:१९

१५ वर्षअघि लेखेको उपन्यासमा अहिलेको लकडाउनको दुरुस्त चित्र

कुनै समय एउटा उपन्यास ‘अस्वीकृत’ हुन्छ। किताबलाई वास्तविकता भन्दा धेरै परको कुरा र अलच्छिनी भनिन्छ। तर त्यही पुस्तकमा उल्लेखित सन्दर्भ अहिलेको वास्तविकतासँग मिल्न आयो भने कस्तो होला?

Advertisement

स्कटिस लेखक पिटर मेसँग यसको जवाफ छ।

पटकथा लेखकले उपन्यास लेखे, शीर्षक राखे ‘लकडाउन’। विश्वव्यापी महामारीको बारेमा सन् २००५ मा यो पुस्तक लेखियो। पुस्तक लेखिएको १५ वर्ष पछाडि कोरोना भाइरसको कारणले त्यो कुरा हाम्रो वास्तविकता बन्यो, विश्वभरमा कोरोना भाइरसले १० लाख भन्दा बढी मानिसलाई संक्रमण भइसकेको छ।

Advertisement

पुस्तक जब तयार भएको थियो, त्यत्तिबेला प्रकाशकहरुले यो पुस्तक अवास्तविक भनेर छाप्न अस्वीकार गरेका थिए। तर यो पुस्तक अप्रिल २ मा प्रकाशित भएको छ।

पुस्तकमा उल्लेख भएको माहामारी लण्डनमा केन्द्रित थियो। विश्वव्यापी महामारीको रुपमा फैलिएको त्यो रोगले प्रसाशन कार्यालय, संघसस्थाहरु बन्द भएका थिए। यो कथा मात्र लेखकको भावना हैन। यो कथालाई वास्तविक बनाउन उनले सन् २००२ मा बेलायत र अमेरिकाले महामारीको लागि गरेको तयारी सम्बन्धी तथ्यहरु पनि राखेका छन्।

‘मैले किताब लेख्ने समयमा वैज्ञानिकहरु ‘बर्ड फ्लू’ विश्वमा नराम्रो माहामारी फैलाउने रोग हुन सक्ने अनुमान लगाउँदै थिए,’ लेखक मे ले सिएनएनसँग भनेका छन्, ‘यो धेरै, धेरै डरलाग्ने विषय थियो र यो वास्तवमा नै सम्भव हुने अवस्थामा थियो। त्यसैले मैले धेरै अनुसन्धान गरेँ र नयाँ युक्ति सहित प्रस्तुत गरेँ। यदी त्यो महामारी लण्डनमा सुरु भयो भने कस्तो हुन्छ? यदि शहर पूरै लकडाउन भयो भने के हुन्छ होला ?’

बर्ड फ्लू र कोरोना भाइरसहरु एकअर्काभन्दा फरक हुन्, तर लकडाउनको परिस्थितिले सबैतिर प्रभाव पार्‍यो, मानिसलाई घरको नजिक तान्यो, लाखौँ करोडौँ मानिसहरु अहिले आफैँ आइसोलेसनमा बसिरहेका छन् ताकि भाइरस एकबाट अर्को मानिसमा नसरोस्।

अहिलेका पुस्तक प्रकाशकले आशा गरेका छन् कि यो पुस्तकले विश्वभरी आफ्नो पहिचान बनाउनेछ र यसको सम्मान हुनेछ।

वर्षौ अगाडि प्रकाशकहरुले उपन्यासलाई ‘अति अवास्तविक र अनुचित’ को उपमा दिएको लेखक मे बताउँछन्। त्यसपछि उनले पुस्तकलाई पछि छाप्ने भनेर थन्काएका थिए, मेका अनुसार उनले यो पुस्तक लेखेको छु भन्ने सम्म बिर्सिसकेका थिए। एकदिन ट्विटरमा उनको फ्यानले उनलाई कोभिड १९ विरुद्ध पुस्तक लेख्नेबारे सोधे तब मेलाई यो पुस्तकको बारेमा स्मरण भयो।

‘मैले उनको प्रश्नबारे सोचेको एक मिनेट पनि नबित्दै महसुस गरेँ कि पहिला नै यस्तो पुस्तक लेखिसकेको छु,’ मेले भने, ‘मैले मेरो प्रकाशकलाई यसबारेमा जानकारी गराएँ, मेरो पुस्तकको सम्पादक अचम्मित भए। उनले मेरो पुस्तक रातभरमा नै पढेर सक्काए। अनि अघिल्लो बिहान उनले भने, ‘यो शानदार छ, यो पुस्तक अहिले नै प्रकाशन गर्न आवश्यक छ।’

‘लकडाउन’ बेलायतमा अमाजनमा पढ्न पाइन्छ। यो पुस्तक अडियोमा अप्रिल ३० पछि मात्रै पाइन्छ ।

६८ वर्षका मेले आफू कोरोनाले प्रभाव पार्ने सबैभन्दा जोखिम उमेर समूहमा रहेको र लकडाउको समर्थनमा रहेको बताएका छन्। यद्यपि उनी आफैँ अचम्मित छन् कि आफैँले लेखेको पुस्तकसँग आजको उनको जीवन मिल्दो जुल्दो भएको छ।

‘मैले लेखेपछि पहिलोपल्ट यो पुस्तक पढेँ, अनि हैरान भएँ कि यो कति दुरुस्त मिल्दो जुल्दो छ,’ मेले भने, ‘तपाईँ आफ्नो दैनिकी कसरी गुजारिराख्नु भएको छ, लकडाउनले काम गर्ने तरिका अनि मानिसहरु आफ्नै घर छोड्न निषेधित अवस्थाको विस्तृत विवरण, चित्रण यो पुस्तक हो। यो सबै एकदमै दुरुस्त छ।’ देशसञ्चारबाट

तपाईको प्रतिक्रिया