काेराेना नियन्त्रणमा गण्डकी सरकारका प्रयास

समाधान संवाददाता २०७६ चैत २३ गते १०:१९

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेश सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तिको व्यवस्थापन गरी सुरक्षित भरपर्दो र विश्वसनीय प्रबन्ध मिलाएको छ ।
यो महामारी बाट आफ्नो सुरक्षाका साथ साथै मानवजातिको सुरक्षाकालागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्ण रुपले पालना गर्नुहुन सम्पूर्ण नागरिकहरुमा हार्दिक अपिल गर्दछु ।


गण्डकी प्रदेशमा नोभल कोरोना भाइरस रोग कोभिड १९  रोकथाम,नियन्त्रण र उपचारको लागि निम्न अनुसारका काम भएका छन् ।

Advertisement

१.मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति गठन भएको छ । यसै समिति मार्फत नोभल कोरना भाइरस रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनको कार्य भइरहेको छ । आवश्यकता अनुसार सम्बन्धित निकायलाई  नियमित निर्देशन दिइरहेको छ ।

२.माननीय आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा नोभल कोरोना भाइरस रोग  रोकथाम, नियन्त्रण र उपचार गर्न आवश्यक व्यबस्थापनमा सहजीकरण गर्न समन्वय समिति गठन गरी कार्य भइरहेको छ ।

Advertisement

३. प्रमुख सचिवको संयोजकत्वमा नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने सम्वन्धमा आवश्यक अनुगमन गर्न प्रदेश स्तरीय समन्वय समिति गठन गरी कार्य भइरहेको छ ।

४.सामाजिक विकास मन्त्रालय मातहात स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्ति सम्मिलित कार्य प्रकृति र क्षेत्र अनुसार छुट्टाछुट्टै १० वटा विषयगत समिति गठन गरी आवश्यक स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उक्त समितिमा अस्पताल व्यवस्थापन समिति, कर्मचारी व्यवस्थापन समिति, सूचना तथा संचार व्यवस्थापन समिति, एम्बुलेन्स व्यवस्थापन समिति, क्वारेन्टाइन व्यवस्थापन समिति, ¥र्या्पिड रेस्पोन्स समिति, हेल्थ डेस्क व्यवस्थापन समिति, प्रयोगशाला तथा नमूना संकलन व्यवस्थापन समिति, बजार अनुगमन तथा नियमन समिति र आपूर्ति व्यवस्थापन समिति रहेका छन् ।

५. कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र अन्य कर्मचारीलाई राष्ट्रिय मापदण्डमा २५ प्रतिशत थप गरी जोखिम बहन भत्ता र ३० लाख बिमाको व्यवस्था गरीएको छ । नेपाल सरकार कोरोना भाइरस रोकथाम र नियन्त्रण उच्चस्तरीय राष्ट्रिय समन्वय समितिसँंग समन्वय गरी आवश्यक सुरक्षा तथा स्वास्थ्य सामाग्री, उपकरण र औषधीको प्रबन्ध गरिएको छ ।

६.गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको नमूना परीक्षणको लागि पोर्टेबल पिसिआर ९एचयतबदभि एऋच्० मेसिन मार्फत पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमान्चल क्षेत्रिय अस्पतालमा प्रयोगशालाको स्थापना र सञ्चालन भई नमूना परिक्षण गरी पूर्णरुपमा उपचार हुने व्यवस्था मिलाइएको छ । हालसम्म पिपिई १ हजार थान, माक्स २० हजार थान, पञ्जा २० हजार थान, एन फाइभ माक्स ४ सय थान, इनफ्रारेड थर्माेमिटर १० थान, भेन्टीलेटर १ सेट नेपाल सरकारबाट प्राप्त भएको छ । यी सामाग्री जिल्ला ÷ जिल्लामा पठाउने काम भएका छन् ।

७.गण्डकी प्रदेश सरकारले १५ करोड रूपैयाँको कोरोना भाइरस रोग रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गरेको र सो कोषमा स्वैच्छिक रूपमा रकम जम्मा गर्न आव्हान गरिएकोमा बिभिन्न संघसंस्थाबाट रकम जम्मा गर्ने कार्य जारी रहेको छ । त्यसैगरी, प्रदेश सरकारले उक्त कोष सञ्चालन कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको छ । यस कोषमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री लगायत सबै मन्त्रीहरु तथा पदाधीकारीहरु सबैले एक÷एक  महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरीएको छ ।

८. गण्डकी प्रदेश सरकारको उक्त निर्णयको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश संसदीय दलले आफ्नो प्रत्येक माननीय सदस्यहरुको न्यूनतम १५ दिनको पारिश्रमिक बराबर हुन आउने रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यसैगरी गण्डकी प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोलेको  कोरोना भाइरस रोकथाम आपतकालीन कोषको खाता नं ३०२००१८८३०१ मा सवैले सहयोग गर्न खाता सञ्चालन गरिएको छ ।

९.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई आइसोलेशन तथा डेडिकेटेड अस्पतालको रुपमा तोकेर कोरोना भाइरस रोग कोभिड १९ को उपचार गर्न नेपाल सरकारको  निर्णय बमोजिम कार्य अगाडि बढाइ सेवा दिइएको छ ।

१०.पोखरा स्थित चरक मेमोरियल अस्पताल र शिसुवा सामुदायिक अस्पताललाई आइसोलेशन तथा डेडिकेटेड अस्पताल तोकी कोरोना भाइरस रोगको उपचार गर्न आवश्यकता अनुसार प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

११. गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालहरुलाई नोभल कोरोना भाइरस रोग  कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्था गर्न आवश्यक निर्देशन दिइएको र सोको व्यवस्था मिलाउन हरेक जिल्ला अस्पताललाई १०÷१० लाख बजेट निकासा दिइएको छ ।

१३. नोभल कोरोना भाइरस रोग  कोभिड १९ को नियन्त्रण, रोकथाम तथा व्यवस्थापन गर्न प्रदेश सरकार अन्तर्गतको कृषि तालिम केन्द्र, मालेपाटन, स्वास्थ्य तालिम केन्द्र, रामघाट र शिक्षा तालिम केन्द्रहरुमा क्वारेन्टाइन सञ्चालनमा राखिएको छ ।
नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिमको क्वारेण्टाइन व्यवस्थापन र सञ्चालन गण्डकी प्रदेशका ८५  वटै स्थानीय तहहरुले समेत गरेका छन् । गण्डकी प्रदेशका ११ वटा जिल्लाहरुमा क्वारेन्टाइन ३ हजार ७ वेड ,आइसोलेसन ३ सय ६४ वेड र बिभिन्न अस्पतालहरुमा २ हजार ९ सय १३ वेड तयारी अवस्थामा रहेका छन् ।

१४.गण्डकी प्रदेशभर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको सर्वसुलभ र सहज आपूर्ति व्यवस्था मिलाउन माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय र सम्बन्धित स्थानीय तहको प्रमुख र अध्यक्षको संयोजकत्वमा स्थानीय तहस्तरीय अत्यावश्यक दैनिक उपभोग्य सामग्री आपूर्ति तथा अनुगमन समितिहरू गठन गरी कार्य अगाडि बढाइएको छ । गण्डकी प्रदेशबासीको निम्ति न्यूनतम् तीन महिनासम्म पुग्ने दैनिक उपभोग्य सामग्री मौज्दात रहेको छ ।

१५.दैनिक रुपमा ज्यालादारी गरी आफ्नो जीविका चलाउन निम्न आयस्रोत भएका तथा निमेक गरी खाने व्यत्तिहरुलाइ लक्षित गरी लकडाउनको अवधिभरीको लागि गण्डकी प्रदेश सरकारले आवश्यक राहत प्याकेजको घोषण गरेको छ र यसका लागी सम्बन्धीत वडा समीतिको कार्यालयले ल्भभमथ उभयउभि लाई  वितरण गर्ने गरी जनसंख्याको आधारमा पोखरा महानगरपालिकालाई १ करोड, हरेक नगरपालिककालाई १०/१० लाख र हरेक गाउँपालिका लाइ ५/५ लाख नगद उपलब्ध गराइएको छ । सम्बन्धित स्थानीय तहलाई नपुग थप रकम आफै व्यवस्थापन गर्न समेत अनुरोध गरीएको छ ।

१६. नोभलकोरोना भाइरस रोग नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको सम्वन्धमा टोल प्रि नम्बरमा फोन गरी  डाक्टरको स्वास्थ्य परामर्श लिने दिने व्यवस्था समेत मिलाइएको छ । यसका लागि तपाईँले टोल प्रि नं १०९२ मा फोन गर्न हुन अनुरोध गर्न चाहन्छु ।

१७. नोभल कोरोना भाइरस रोग  कोभिड १९ को सम्वन्धमा इनफरमेशन डेस्क खडा गरी सूचना संकलन र प्रवाह गर्ने गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माननीय मुख्यमन्त्रीको प्रत्यक्ष नियन्त्रणमा सञ्चालित हेलो मुख्यमन्त्री कक्ष को टोल फ्रि नं १०९४ र एक्सन रुमबाट नोभल कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार सम्वन्धमा सर्वसाधारण नागरिकबाट प्राप्त गुनासा तथा सुझाव सम्बोधन गर्ने गरिएको छ ।
अन्त्यमा
सम्पूर्ण मानव जातीको लागि संकटको रुपमा आएको यो महामारीबाट बच्न सरकारले जारी गरेको लकडाउनको पुर्ण रुपमा पालना गरी आफू पनि बच्न र अरुलाइ पनि बचाउन पुनः हार्दिक अपिल गर्न चाहन्छु ।

मुख्यमन्त्री गुरुङले शनिबार साँझ जारी गरेकाे आह्वानपत्र

तपाईको प्रतिक्रिया