मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत वितरण

समाधान संवाददाता
पोखरा
नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा राहत सामग्री वितरण गरेको छ ।
विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामग्री वितरण गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह, उपाध्यक्ष सुरेन्द्रकुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिए ।
मुक्तिनाथले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया