काेराेना र गाउँ- कविता
समाधान संवाददाता
२०७६ चैत २३ गते १६:०८

चिन्तु गिरी
मन्त्र जस्तै कोरोनाको नाम जपेका छन्
जम्मा हुँदै गाउँ घर तास खेलेका छन्
दशैं जस्तै खसी काटी रङ्ग गरेका छन्
आउन्न रे यता भन्दै दङ्ग परेका छन् ।
सहरका मान्छे जति गाउँ तिर छिरे
फेरी लाउने जोगी जस्तै घरै घर फिरे
तीनपाने र मासु नखाई मेटिन्न रे भोक
सकिएन मान्छे सँग , सार्ने भए रोग ।
भेला जम्मा नहुनु है रेडियोले भन्छ
मन लगाई सुन्ने हैन कानले मात्र सुन्छ
सज्जनका सङ्गतले गीत फुर्दो रैछ
मूर्ख तह लगाउने लाठी मुग्रो रैछ ।
( स्याङ्जा )
सम्बन्धित
तपाईको प्रतिक्रिया