जनस्वास्थ्य प्रयाेगशालामा १ हजार ५ सय २९ जनाकाे काेराेना परीक्षण

समाधान संवाददाता
हालसम्म जनस्वास्थ्य प्रयाेगशालामा १ हजार ५ सय २९ जनाकाे काेराेना परीक्षण गरिएकाे छ । आजबाट चितवनमा समेत परीक्षण सुरु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए ।
काठमाडाैं वाहेक चितवनसहित ७ ठाउँमा अहिले काेराेनाकाे परीक्षण भइरहेकाे छ । बुटवलमा साेमबारबाट परीक्षण थालिने भएकाे छ ।
हाल काठमाडाैंमा १२ र बाहिर १ सय १ गरी १ सय १ जना आइसाेलेसनमा राखिएकाे छ । हालसम्म नेपालमा ९ जनामा काेराेना भेटिएकाे छ भने १ जना उपचारपछि घर फर्केका छन् ।
शनिबारले सरकारले गरेकाे निर्णय अनुसार कैलाली कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टका लागि आइतबारैबाट पहल थालिएकाे छ ।
काेराेना भेटिएका मानिससँग सम्पर्कमा रहेकाहरुकाे कन्ट्रयाक्ट ट्रेसिङ पनि भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।
क्वारेन्टाइनकाे गुणस्तरका लागि मापदण्ड अनुसार भए नभएकाे अनुगमन गर्न प्रदेश र स्थानीय तहलाई उनले आग्रह समेत गरेका छन् ।
काेराेना संक्रमण दाेस्राे चरणमा प्रवेश गरेकाले विदेशबाट फर्केकाले आफ्नाे परिवारलाई जाेगाउनकै लागि पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुराेध गरेकाे छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया