जनस्वास्थ्य प्रयाेगशालामा १ हजार ५ सय २९ जनाकाे काेराेना परीक्षण

समाधान संवाददाता २०७६ चैत २३ गते १६:३०


समाधान संवाददाता

हालसम्म जनस्वास्थ्य प्रयाेगशालामा १ हजार ५ सय २९ जनाकाे काेराेना परीक्षण गरिएकाे छ । आजबाट चितवनमा समेत परीक्षण सुरु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए ।

काठमाडाै‌ं वाहेक चितवनसहित ७ ठाउँमा अहिले काेराेनाकाे ‍परीक्षण भइरहेकाे छ । बुटवलमा साेमबारबाट परीक्षण थालिने भएकाे छ ।

Advertisement

हाल काठमाडाै‌ंमा १२ र बाहिर १ सय १ गरी १ सय १ जना आइसाेलेसनमा राखिएकाे छ । हालसम्म नेपालमा ९ जनामा काेराेना भेटिएकाे छ भने १ जना उपचारपछि घर फर्केका छन् ।

शनिबारले सरकारले गरेकाे निर्णय अनुसार कैलाली कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टका लागि आइतबारैबाट पहल थालिएकाे छ ।

Advertisement

काेराेना भेटिएका मानिससँग सम्पर्कमा रहेकाहरुकाे कन्ट्रयाक्ट ट्रेसिङ पनि भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

क्वारेन्टाइनकाे गुणस्तरका लागि मापदण्ड अनुसार भए नभएकाे अनुगमन गर्न प्रदेश र स्थानीय तहलाई उनले आग्रह समेत गरेका छन् ।

काेराेना संक्रमण दाेस्राे चरणमा प्रवेश गरेकाले विदेशबाट फर्केकाले आफ्नाे परिवारलाई जाेगाउनकै लागि पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुराेध गरेकाे छ ।



तपाईको प्रतिक्रिया