लम्बियाे लकडाउन, वैशाख ३ गतेसम्म घरमै बसाैं
समाधान संवाददाता
२०७६ चैत २४ गते १६:३३

समाधान संवाददाता
काठमाडौ- सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।
दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो।चैत्र ११ गते यता लकडाउनलाई सरकारले निरन्तरता दिँदै आएको हो।
कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य स्वय्मसेबिकलाई खटाउने, उनीहरुलाई सहजीकरण गर्ने र त्यसका लागि प्रत्येक दिन १५ सय रुपैयाँ दिने निर्णय पनि बैठक गरेको छ।
यस्तै निजी क्षेत्रका चिकित्सकलाई पनि उपचारमा खटाउने र त्यसबापत सरकारी चिकित्सकले पाउँदै आएको सेवासुविधा उनीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया