राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी
समाधान संवाददाता
२०७६ चैत २४ गते १६:४१

काठमाडाैं – नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिए । लामाे समय राष्ट्र बैंकमा काम गरेका पूर्व डेपुटी गभर्नर अधिकारी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् ।
यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको ३ सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया