पत्रकार कृपा भण्डारीलाई पितृ शोक

समाधान संवाददाता २०७६ चैत २४ गते १९:०३

पोखरा

पत्रकार कृपा भण्डारीलाई पितृ शोक परेको छ । कृपाका पिता रेशमलाल भण्डारीको ६२ बर्षको उमेरमा सोमबार साँझ ६ बजे निधन भएको हो ।

पोखरा महानगर ३०, शिशुवा निवासी रेशमलाल लामो समयदेखि अर्बुद रोगसँग जुध्दै आएका थिए । नेपाल पत्रकार महासँघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सोमबार साँझै विज्ञप्ति निकालेर कृपाका पिताको निधनको खवरले महासँघ मर्माहत भएको जनाएका छन् ।

बुबाको आत्माको चीर शान्ति र बैकुन्ठ वासको कामना गर्दे हार्दिक उनले श्रद्धान्जली उनले अर्पण गरेका छन् ।  दु:खको यस घडीमा शोकाकुल पत्रकार कृपा सहित परिवारनमा गहिरो समबेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृपाकी आमाका ४ महिना अघि निधन भएकाे हाे ।

तपाईको प्रतिक्रिया