मृतकको संख्या ७५ हजार नजिक, ५० हजारको अवस्था चिन्ताजनक

समाधान संवाददाता २०७६ चैत २५ गते ७:२०

एजेन्सी

विश्वभर कोरोना भाइरस महामारीका बिरामी हुनेको संख्या झण्डै १३ लाख ५० हजार नजिक पुगेको छ । यी मध्ये करिब ७५ हजार जनाको मृत्यु भएको छ भने करिब ५० हजार जनाको चिन्ताजनक अवस्थामा उपचार भैरहेको छ ।

एजेन्सीहश्रका अनुसार यो समाचार तयार पार्दासम्म १३ लाख ४५ हजार ७५१ संक्रमित छन भने ७४ हजार ६४७ को मृत्यु भएको छ । करिब २ लाख ८० हजार सन्चो भएका छन ।

Advertisement

सबैभन्दा बढी संक्रमित रहेको मुलुकमा अमेरिका पछिल्लो २४ घण्टामा १२ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या १० हजार नाघेको छ । यहाँ १० ८७१ भन्दा बढीको मृत्यु भएको छ । यहाँ ३ लाख ६७ हजार बढी संक्रमित मध्ये १९ हजार ६७१ निको भएका छन्

संक्रमितको मामलामा स्पेन दोश्रो स्थानमा उक्लिएको छ । स्पेनमा करिब १ लाख ३६ हजार बढी संक्रमित हुँदा१३ हजार ३४१ को मृत्यु भएको छ । इटलीमा १ लाख ३२ हजार बढी संक्रमित मध्ये १६ हजार ५२३ को ज्यान गएको छ ।
जर्मनमा पनि संक्रमितको संख्या लाख नाघेको छ । यहाँ एक लाख ३ हजार बढी संक्रमित हुँदा १ हजार ८१० जनाको ज्यान गएको छ । फ्रान्समा पनि संक्रमितको संख्या लाख पुग थालेको छ । यहाँ ९८ हजार बढी संक्रमित पाइएका छन भने ८ हजार ९११ को मृत्यु भैसकेको छ ।

Advertisement

इरानमा ६० हजार ५ संक्रमित मध्ये ३ हजार ७३९ को मृत्यु भएको छ । बेलायतमा पनि डर लाग्दो ढंगले बढ्न थालेको छ । यहाँ संंक्रमितको संख्या ५० हजार बढी हुँदा मृतकाको संख्या ४ हजार नजिक पुगेको छ ।

तपाईको प्रतिक्रिया