ब्रिटेन प्रधानमन्त्रीको अवस्था चिन्ताजनक, सघन उपचार कक्षमा सारियो

समाधान संवाददाता २०७६ चैत २५ गते ७:५०

एजेन्सी

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था झनै बिग्रएको छ । बीबीसीका अनुसार उनीमा देखिएको कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू ूखराबू भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ । यसको पुष्टी प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले गरेको छ ।

बीबीसीका अनुसार एक प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको ूउत्तम हेरबिचार भइरहेकोू बताएका छन्।

Advertisement

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।

महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ।

Advertisement

गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ूकोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए।

ूसोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रीयो र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ।ू

विज्ञप्तीमा भनिएको छ–प्रधानमन्त्रीले उत्तम हेरचाह पाइरहेका छन् र उनले एनएचएसका सबै कर्मचारीलाई तिनीहरूको कडा परिश्रम र समर्पण भावकालागि धन्यवाद दिएका छन्।ू

आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटरको नजिक हुनसकुन् भनेर उक्त निर्णय लिइएको बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले बताएकी छन्।

डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई ूजहाँ आवश्यक पर्छू त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताएका छन्

तपाईको प्रतिक्रिया