कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

समाधान संवाददाता २०७६ चैत २५ गते १३:३०

समाधान स‌ंवाददाता

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डकाे मंगलबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण देश लकडाउनमा रहेकोले निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । लकडाउन खुलेपछि मात्र अर्को सूचना जारी हुने उनले जानकारी दिए ।

Advertisement

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ। बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो। कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् ।

नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यसमा २ जना गण्डकी प्रदेशको बागलुङ जिल्लाका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया