नयाँ संक्रमित छैनन, संक्रमित ८ जनाकाे अवस्था सामान्य

समाधान संवाददाता २०७६ चैत २५ गते १६:३६

समाधान संवाददाता

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा हालसम्म १ हजार ७ सय ९७ वटा नमुना परीक्षण गरिएकाे छ । काठमाडाै‌ं बाहिर ९ ठाउँमा पनि नियमित परीक्षण भइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेस ब्रिफमा प्रवक्ता डा विकास देवकाेटाले जानकारी गराए ।

काठमाडाैं र बाहिर गरी मंगलबार १ सय जना आइसाेलेसनमा रहेकाे ७ हजारकाे हारहारिमा क्वारेन्टाइनमा राखिएकाे छ । र्‍यापिड टेस्टका लागि कैलाली कञ्चनपुरमा धमाधम नमुना संलन भइरहेकाे देवकाेटाले बताए । मंगलबारसम्म नयाँ संक्रमित नभेटिएकाे र भेटिएर उपचार भइरहेका ८ जनाकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ । जुम्ला र अछाममा पनि नमुना संकलन भइरहेकाे छ ।

Advertisement

मन्त्रालयका अनुसार संक्रमितकाे सम्पर्कमा रहेकाहरुकाे कन्ट्रयाक्ट ट्रेसिङकाे नाम ९० प्रतिशत सकिएकाे छ । सर्वसाधारण र सराेकारवालाकाे जानकारीका लागि बनाइएकाे वेबसाइट पनि प्रभावकारी देखिएकाे र कल सेन्टरमा समेत गुनासाे टिपाउने क्रम जारी रहेकाे प्रवक्ता देवकाेटाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया