भारतीय अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

एजेन्सी
भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एक नेपाली नागरिकलाई पक्राउ गर्न भारत प्रहरी सफल भएको छ । बीबीसी नेपाली सेवाका अन्सार उनी मंगलबार भारतीय भूमी मै पक्राउ परेका हुन ।
धार्मिक ज्ञान आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ। भारतमा तबलीगिी जमातीका कारण कोरोना संक्रमण देशैभर ब्यापक भैरहेको छ । नेपाल लगायतका विश्वका थुप्रै देशबाट सो जमातीमा भेला भएका मुसलमानका कारण भारतमा कोरोनाको आगो दन्कन लागेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।
तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।
भारतीय प्रहरी अधिकारीका अनुसार ६५ वर्षका ती व्यक्तिलाई भारतकै जिल्ला अस्पतालमा कोभिड(१९ को उपचार गरिनेछ।
बागपतका प्रहरी प्रमुख यादव भन्छन्, ूहामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्, हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ।ू
ूहामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेको हुन सक्छ।ू
खेकडाको अस्पतालमा कोभिड(१९ को उपचार गराइरहेका उनी एक मात्र व्यक्ति भएको प्रहरीको भनाइ छ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया