बिरामी बाेक्न आनाकानी गर्ने एम्बुलेन्स चालक पक्राउ

समाधान संवाददाता २०७६ चैत २५ गते १८:०१

समाधान संवाददाता, पोखरा

Advertisement

बिरामी बोक्न आनाकानी गर्ने पोखराका २ एम्बुलेन्स चालक पक्राउ परेका छन् । विभिन्न वाहाना बनाएर बिरामी बोक्न नमान्ने फेवा सिटी हस्पिटल र मेट्रोसिटी हस्पिटलका २ चालकलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

सोमबार पोखराका ५ अस्पतालमा अनुगमन गरिएको र  एम्बुलेन्स चालकले सेवा दिन नमानेको गुनासो सुनिएको एसपी कार्कीले बताए । त्यही अनुसार परीक्षण गर्दा आनाकानी गरेपछि तत्काल नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो । पहिलो पटक भएकाले उनीहरुले माफी मागे भने छाडिदिने र माफी नमागेमा अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोग सहित मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

Advertisement

केही दिन अघि बालगुलङमा कोरोना संक्रमित महिला लिन पुगेका रेडक्रसको एम्बुलेन्स चालक भागेपछि अर्कै चालक मगाउनु परेको थियो । पोखराकै गैरापाटनमा पनि रेडक्रसका एम्बुलेन्स चालकले गएको साता वाहाना बनाएर गाडी नै लिएर भागेका थिए ।  

कास्कीमा अस्पतालहरुका एम्बुलेन्स चाहिएको बेला चलाउनका लागि रोस्टर नै बनाइएको छ ।

तपाईको प्रतिक्रिया