नेपाली कांग्रेस पाेखरा १२ ले बाँढ्याे राहत

समाधान संवाददाता
नेपाली कांग्रेस पोखरा १२ कार्यसमीतिले ५८ हजार २ सय ६१ रुपैयाँ बराबरको खाद्यान्न सामग्री मंगलबार पोखरा महानगरपालिका १२ का वडाध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ ।
नेपाली कांग्रेस पोखरा १२ का सभापति राधेश्याम कोइराला, कांग्रेस क्षेत्र नं १ ‘ख’ का सभापति कृष्ण कोइराला, नेपाली कांग्रेस कास्कीका युवा नेता सन्तोष बास्तोला तथा नेपाली कांग्रेस १२ का सचिव राम्जी बास्तोलाले मंगलबार वडा कार्यलयमा गई पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीलाई खाद्यान्न सामग्री सहितको बिल हस्तान्तरण गरेका हुन् ।
यस विषम परिस्थितिमा नेपाली काग्रेस १२ को सक्रियतामा वडामा रहेका मजदुरहरुको विवरण संकलन गरी वडा मार्फत राहत वितरण गर्न वडालाई सुझाव दिदै उक्त खाद्यान्न सामग्री वडा कार्यालयलाई हस्तान्त्रण गरिएको नेपाली कांग्रेस क्षेत्र नं १ ‘ख’ का सभापति कृष्ण कोइरालाले बताए ।
आपत विपत परेकाहरुलाई राहत दिएको फोटो सामाजिक सन्जालमा राखेर प्रचार गर्न नचाएको बताउदै नेपाली कांग्रेस कास्कीका युवा नेता सन्तोष बास्तोलाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि वडामा दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत वितरण गर्न वडा मार्फत जान राम्रो हुने भएकोले वडा कार्यालयलाई हस्तान्त्रण गरिएको बास्तोलाले बताए । राहत सामग्री सहयोगका लागि पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले धन्यवाद प्रकट गरेका थिए ।









कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया