नेपाली कांग्रेस पाेखरा १२ ले बाँढ्याे राहत

समाधान संवाददाता
नेपाली कांग्रेस पोखरा १२ कार्यसमीतिले ५८ हजार २ सय ६१ रुपैयाँ बराबरको खाद्यान्न सामग्री मंगलबार पोखरा महानगरपालिका १२ का वडाध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ ।
नेपाली कांग्रेस पोखरा १२ का सभापति राधेश्याम कोइराला, कांग्रेस क्षेत्र नं १ ‘ख’ का सभापति कृष्ण कोइराला, नेपाली कांग्रेस कास्कीका युवा नेता सन्तोष बास्तोला तथा नेपाली कांग्रेस १२ का सचिव राम्जी बास्तोलाले मंगलबार वडा कार्यलयमा गई पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीलाई खाद्यान्न सामग्री सहितको बिल हस्तान्तरण गरेका हुन् ।
यस विषम परिस्थितिमा नेपाली काग्रेस १२ को सक्रियतामा वडामा रहेका मजदुरहरुको विवरण संकलन गरी वडा मार्फत राहत वितरण गर्न वडालाई सुझाव दिदै उक्त खाद्यान्न सामग्री वडा कार्यालयलाई हस्तान्त्रण गरिएको नेपाली कांग्रेस क्षेत्र नं १ ‘ख’ का सभापति कृष्ण कोइरालाले बताए ।
आपत विपत परेकाहरुलाई राहत दिएको फोटो सामाजिक सन्जालमा राखेर प्रचार गर्न नचाएको बताउदै नेपाली कांग्रेस कास्कीका युवा नेता सन्तोष बास्तोलाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि वडामा दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत वितरण गर्न वडा मार्फत जान राम्रो हुने भएकोले वडा कार्यालयलाई हस्तान्त्रण गरिएको बास्तोलाले बताए । राहत सामग्री सहयोगका लागि पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले धन्यवाद प्रकट गरेका थिए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया