अमेरिकामा उच्च मृत्यु, एकै दिन १८ सय बढीको ज्यान गयो

समाधान संवाददाता २०७६ चैत २६ गते ९:०२
Mandatory Credit: Photo by Evan Vucci/AP/REX/Shutterstock (9896574k) President Donald Trump listens as he meets with Japanese Prime Minister Shinzo Abe at the Lotte New York Palace hotel during the United Nations General Assembly, in New York Trump, New York, USA - 26 Sep 2018

एजेन्सी

कोरोना भाइरसबा एकै दिनमा अहिलेसम्म कै उच्च मृत्यु अमेरिका भएको छ । सिएनएनका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८ सय अमेरिकीको ज्यान कोरोना भाइरसका कारण गएको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय सर्वाधिक प्रभावित बनेको न्यू योर्कमा एकैदिन संक्रमणबाट ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ।

Advertisement

न्यू योर्कका गभर्नर एन्ड्रियू कुमोले मंगलबार कोरोना भाइरसबाट एकैदिन हालसम्मकै उच्च संख्यामा मानिसहरूको मृत्यु भएको जनाएका हुन्। त्यहाँ एकैदिन ७३१ जनाको मृत्यु भएको छ।

योसँगै न्यू योर्कमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ८९ भएको छ। यस्तै १ लाख ३८ हजार ८ सय ३६ जनामा यसको संक्रमण पुष्टि भएको छ।

Advertisement

बितेका दुई दिन भने त्यहाँ संक्रमणदर र मृतक संख्यामा कमी आएको देखिएको थियो।

गभर्नर एन्ड्रियूले आफ्ना नागरिकहरूलाई सामाजिक दुरीको मार्गनिर्देशनलाई निरन्तर मान्न र घरभित्र नै बस्न आग्रह गरेका छन्।

ुहामीले जोडतोडका साथ यसलाई कायम गर्नुपर्छ। जीवन यसमै निर्भर छु, उनले भने। त्यसैगरी उनले न्यू योर्कका बासिन्दाहरूलाई ठूलो समूहमा भेला नहुन पनि भनेका छन्।

पछिल्लो समय कोरोनाबाट सर्वाधिक प्रभावित बनेको अमेरिकामा संक्रमणबाट १२ हजार ८ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ३१ हजार बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने ८२ हजार ८० भन्दा बढीको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा युरोपियन देश माथि छन् ।

तपाईको प्रतिक्रिया