पोखरा ११ मा १२ सय परिवारलाई राहत

समाधान संवाददाता २०७६ चैत २६ गते १०:०४

समाधान संवाददाता, पोखरा

Advertisement

कोरोना कहरको मारमा परेका विपन्न वर्गका परिवारलाई पोखरा महानगर पालिका ११ मा मंगलबार राहत वितरण गरिएको छ । पोखरा महानरले उपलब्ध गराएको र सहयोगीहरुले उपलब्ध गराएका सामग्री टोल विकास संस्थाका अध्यक्षहरु मार्फत् वितरण गरिएको वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए ।

चामल, दाल, तेल, नुन,गेडागुडी, साबुन लगायत सामग्री ४० वटा टोल विकास संस्थाका अध्यक्षमार्फत अति विपन्नस्तरका ज्यालादारीमा आश्रित मजदुरवर्गलाई हस्तान्तरण गरिएको बास्तोलाले बताए ।

महानगर पालिका र जिल्ला प्रशासनको नीति अनुरूप वितरण गरिएको राहत संकलन र वितरण कार्यमा फूलबारी क्लबको विशेष सहयोग थियो । भने रानीपौवा तथा काहुँबाट पनि विभिन्न महानुभावहरूको सहयोग गरेको वडाध्यक्ष बास्तोलाले बताएका छन् ।

१ हजार २ सय परिवारलाई राहत वितरण गरिएको र कोही छुटेको भए पुन वितरण गरिने वडा सदस्य तीर्थकुमारी गुरुङले बताएकी छन् । पोखरा महानगरपालिकाले ७ सय १० परिवालाई पुग्ने सामान उपलब्ध गराएको थिये । बाँकी सामग्री स्थानीय वडाबासीले सहयोग गरेका हुन् ।  

Advertisement

राहत सामग्री ढुवानीदेखि वितरणका लागि फूलबारी ट्रेडर्स, श्री कृष्ण राईसमिलका सञ्चालक साथै मनोज रसाईलीले सहयोग गरेको वडाध्यक्ष बास्तेलाले बताएका छन् ।

स्थानीयस्तरमा राहत प्रदान गर्नेको विवरण

१.भाष्कर मेमोरियल बोर्डिङ स्कूल फूलबारी-२५ केजीको ५० बोरा चामल।
२.प्रेमप्रसाद कर्माचार्य रानीपौवा -२५ केजीको ५० बोरा चामल।
३.प्रदेश सांसद मीना गुरूड़ रानीपौवा-२५ केजीको २० बोरा चामल।
४.निर्मलप्रसाद कर्माचार्य रानीपौवा (पूर्व वडाध्यक्ष)-२५ केजीको ७ बोरा केराउ।
५. तीर्थ बस्नेत काहुँ पोखरा-२५  केजीको चार बोरा चना।
६. राजु ध्वजु रानीपौवा-२५  केजी कालो दाल २ बोरा।
७. वकावली साक्य रञ्जीत रानीपौवा-५० लिटर तेल।
८.शुवास तझ्या रानीपौवा-१०० केजी चामल।
९.रवीन्द्रनाथ बास्तोला फूलबारी-५०  केजी कालोदाल
१०.फूलवारी क्लव फूलबारी-१५० लिटर तेल।
११. ई.कृष्णराज अधिकारी फूलबारी-५०  केजी चना।
१२.लक्ष्मीकान्त अधिकारी फूलबारी-५०के. जी.रातोदाल।
१२.शुशील बास्तोला फूलबारी २५  केजी चामल।
१३.दिनेशचन्द्र बास्तोला फूलबारी-२५  केजी को २ बोरा चामल २ लि तेल,१० वटा साबुन,१० पोका नुन।


१४.टुबराज बास्तोला (विशाल) फूलबारी-२५  केजी को १ बोरा चामल,१०  केजी दाल,१० केजी नुन,१० लिटर तेल १०वटा साबुन।
१५.शिवशक्ति मावि फूलबारी- १,००० पिस साबुन।
१६.एनएमबि बैंक (अमृत बास्तोला) फूलबारी- २५  केजीको ८ बोरा चामल।
१७. माधव अधिकारी फूलबारी-२५  केजीको ७ बोरा चामल
१८.काहुँ देउराली सहकारी काहुँ-२५ केजीको ७ बोरा चामल।
१९.अर्जुन बस्नेत फूलबारी-२५  केजीको ५ बोरा चामल।
२०.खुमकुमारी रायमाझी फूलबारी-१० केजी दाल,१० लिटर तेल,१५ पोका नुन
२१. माधवप्रसाद बास्तोला मधु (पूर्व वडाध्यक्ष)२५ केजीको २ बोरा चामल
२२.गणेश कार्की फूलबारी-२५ केजीको १ बोरा चामल
२३.एकता ट्रेडर्स प्रालि फूलबारी (डिल्लीराम तिवारी)-३५० पोका नुन

२४.तीर्थकुमारी गुरूङ (वडा सदस्य) फूलबारी-२५ केजी को २० बोरा चामल
२५.धनमाया गुरूङ फूलबारी -२५ केजी को ६ बोरा चामल
२६.विश्व शान्ति बौद्ध गुम्बा फूलबारी-२५ केजी को १० बोरा चामल
२७.डिभाईन मेटल फूलबारी-२५ केजी ५ बोरा चामल, तेल १० लिटर,५ केजी दाल,५ पोका नुन
२८.धर्मदत्त ढुंगाना फूलबारी २५ केजी को २ बोरा चामल
२९.माया गुरूङ चितवन रानीपोखरी (हाल हङकडङ)-२५ केजी को २० बोरा चामल
३०.शिव मल्ल (मल्ल ईम्पोरियम)-२५ केजी को २ बोरा चामल
३१.अन्नपूर्ण गुरूङ फूलबारी-२५ केजी को २बोरा चामल
३२.विष्णु कुमारी गुरूङ रामपुर चितवन-१० लिटर तेल
३३. ई.किरण केसी (ला ग्रान्डी)-२५ केजी को ३ बोरा चामल १८ पोका नुन
३४.फणिन्द्र लामीछाने काहुँ-२५ केजी को २ बोरा चामल

तपाईको प्रतिक्रिया