मनाङमा स्वास्थ्यकर्मीद्वारा थ्रोट स्वाबको नमुना लैजान अस्वीकार

पोखरा ।
मनाङको निस्याङ गाउँपालिका ५ मा संकलन गरिएको थ्रोट स्वाब सदरमुकाम पु¥याउन स्वास्थ्यकर्मीले अस्वीकार गरेका छन् । सदरमुकाम चामेबाट गएका स्वास्थ्यकर्मीले नमुना संकलन गरे पनि लैजाने काम आफ्नो नभएको भन्दै फर्केका थिए ।
वडाध्यक्ष कर्माछिरिङ गुरुङले जति अनुरोध गरे पनि ती स्वास्थ्यकर्मीले स्वाब लैजान नमानेपछि मंगलबार संकलन गरिएको नमुना बुधबार स्थानीय बासिन्दाले सदरमुकाम पु¥याएको जानकारी दिए ।
भारतबाट मनाङ फर्केकी १ युवतीलाई १७ दिनदेखि क्वारेन्टाइनमा राखिएको छ । उनमा समस्या छ कि छैन भन्ने निक्र्योल गरेर मात्र घर पठाउने भनिए पनि समयमै परीक्षण हुन नसक्दा कहिलेसम्म क्वारेन्टाइनमा राख्ने आफूहरु अलमलमा परेको वडाध्यक्ष गुरुङले बताए ।
नमुना लैजान नमान्ने ती कर्मचारीका बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको वडाध्यक्षले बताए । प्रजिअ पुष्प पौडेलले प्राविधिक समस्याका स्वास्थ्यका कर्मचारीले नमुना ल्याउन कठिनाइ भएको तर अहिले नमुना सदरमुकाम आइसकेको बताए । तर उनलाई के समस्या परेको भन्ने बारेमा प्रजिअ पौडेलले केही खुलाएनन् ।
मनाङको सदरमुकाममा १ जनाको नमुना संकलन भइसकेको र तालमा पनि १ जनाको नमुना लिएर ३ वटैको परीक्षणका लागि गाडीमार्फत पोखरा पठाउन लागिएको प्रजिअ पौडेलले बताए । मनाङमा हाल ४ जना क्वारेन्टाइनमा राखिएको छ । सदरमुकाम चामेमा स्थायी र अस्थायी गरी ७ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।









कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया