उद्योग वाणिज्य महासंघको सहयोग

समाधान संवाददाता २०७६ चैत २६ गते १६:०५

काठमाडाैं

नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई पाँच पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले देशभर रहेका एक सयभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य
संघलाई प्रत्येकलाई पाँच पाँच हजारका दरले सो रकम उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

Advertisement

देशका जिल्ला तथा नगर संघमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताउनुभयो ।

यसैगरी महासङ्घले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा रु पाँच लाख सहयोग गरेको छ । नेपाल सरकारद्वारा स्थापित सो कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको महासंघले जनाएको छ । महासंघले उक्त रकमका अतिरिक्त केही खाद्यान्नलगायतका सामग्रीहरु पनि सहयोग गरेको थियो । रासस

Advertisement

तपाईको प्रतिक्रिया