आइतबार देखि भरी ग्यास सिलिण्डर पाइने

समाधान संवाददाता २०७६ चैत २६ गते १७:०३

समाधान संवाददाता

Advertisement

बजारमा खाना पकाउने ग्यासको हाहाकार हुन नदिन आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएको नेपाल आयल निगमले अब त्यो प्रणाली हटाउने भएको छ ।

आज बुधबार बसेको आयल निगमको सञ्चालक समितिको बैठकले यही आइतबार देखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको हो । भरी ग्यास १४.२ केजीको हुन्छ ।

Advertisement

बजारमा ग्यासको अभाव हुन्छ भन्दै उपभोक्ताले धेरै भण्डारण गर्न थाले पछि आयल निगमले आधा आधा ग्यास सिलिण्डर बिक्री गरेको थियो । अब ग्यासको आपूर्ती र माग सामान्य अवस्थामा आएकाले भरी भरी सिलिण्डर नै ग्यास बिक्री गरिने भएको हो ।

तपाईको प्रतिक्रिया