बिरामी बाेक्न नमान्ने एम्बुलेन्स चालक पक्राउपछि रिहा

पाेखरा
कोरोना सङ्क्रमण जोखिमको वर्तमान अवस्थामा विभिन्न बहाना देखाएर बिरामी बोक्न नमान्दा प्रहरी नियन्त्रणमा रहेका एम्बुलेन्स चालकलाई कास्की प्रहरीले रिहा गरेको छ । पोखराका मेट्रोसिटी र फेवासिटी अस्पतालले आकस्मिक स्वास्थ सेवामा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा सेवा दिन आनाकानी गरेको अभियोगमा तिनका चालकलाई प्रहरीले दुई दिन अगाडि नियन्त्रणमा लिएको थियो ।
कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले चालकलाई एक दिन हिरासतमा राखेर आइन्दा बिरामी बोक्ने शर्तमा रिहा गरिएको जानकारी दिए । उनले एम्बुलेन्स अत्यावश्यक सवारी साधनअन्तर्गत पर्ने हुँदा धेरै दिनसम्म राख्न नमिलेको र पहिलोपल्ट भएकाले सचेत गराएर रिहा गरिएको बताए । कारवाहीमा पर्ने एम्बुलेन्समा ग १ च ५४९२ र ग १ च २७१४ थिए ।
यसअघि पनि धादिङका दुई एम्बुलेन्सले बिरामीबाहेक यात्रु ओसारपसार गरेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि धादिङ जिल्ला प्रशासनमा पठाइएको थियोे ।
केसीका अनुसार पोखरामा लकडाउन उल्लंघन गर्ने २ हजार ३ सय ५६ मोटरसाइकल र दुई गाडी कारवाहीमा परेका छन् । लकडाउन अटेर गरी घर बाहिर निस्कने ३ हजार ५ सय ७७ सर्वसाधारणलाई सचेतनामूलक जानकारी दिएर छाडिएको छ ।
गण्डकी प्रदेशकोे मन्त्रिपरिषद्को बैठकले सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफूकहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्य रुपमा उपचारको व्यवस्था मिलाउनुपर्ने र कुनै पनि बहानामा तत्काल उपचार नगरी बिरामी फर्काउने जस्ता गैरजिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गरेको थियो ।
त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा उक्त अस्पताल वा संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन २०२० लगायतको प्रचलित कानूनअन्तर्गत कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको थियो । वर्तमान अवस्थालाई ध्यान दिँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना सङ्क्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्थासमेत गरेको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया