संक्रमित र मृतक बढ्दै, अमेरिकामा नाजुक अवस्था, स्पेन सम्हालिदै

एजेन्सी
कोरोना भाइरस महामारीको संक्रमण विश्भर बढिरहेको छ । र पनि कतैबाट सन्तोषको सास लिन मिल्ने खालका समाचार आएका छन् भने कतैको अवस्था झन भयावह बन्दे गैरहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरमा संक्रमितको संख्या १५ लाख नाघेको छ । अहिलेसम्म १५ लाख १३ हजार बढ िसंक्रमित पाइएका छन । त्यस्तै मृतकको संख्या ९० हजार नजिक पुगेको छ । एजेन्सीहरुक अनुसार ८८ हजा ४०५ भन्दा बढीको ज्यान गैसकेको छ ।
कोरोनाको कहरले सबै भन्दा शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा बढी भयावह अवस्था छ । यहाँ संक्रमित र मृतक दुवैको संख्या लगातार बढीरहेके छ । पछिल्लो २४ घण्टामा ३० हहजार नयाँ संक्रमित थपिदा करिब २ हजार थप मानिसले ज्यान गुमाएका छन् । एजेन्सीका अनुसार अमेरिकामा मृतकको संख्या १४ हजार ७३८ नाघिसकेको छ । संक्रमित ४ लाख ३० हजार बढी हुँदा २२ हजार भन्दा बढी सन्चो भएका छन् ।
स्पेनबाट भने केही सन्तोष जनक खबर आएको छ । यहाँ संक्रमित र मृतकको संख्या बढिरहेको भएपनि त्यो भन्दा बढी सन्चो हुनेहरुको संख्या बढेको छ । स्पेनमा १ लाख ४८ हजार भन्दा बढी संक्रमित मध्ये ४८ हजार भन्दा बढी सन्चो भएका छन । १४ हजार ७९२ छ ।
इटलीबाट पनि नयाँ संक्रमित र मृतको संख्या घट्न थालेको छ । यहाँ पछिल्लो २४ धण्टामा ५ हजार बढी नयाँ संक्रमित फेला पर्दा ५ सय बढीले जयान गुमाएका छन् । इटलीमा करिब १ लाख ४० हजार संक्रमित मध्ये १७ हजार ६६९ को मृत्यु भएको छ भने २६ हजार भन्दा बढी सन्चो भएका छन् ।
जर्मनीमा संक्रमित र मृतकको संख्या बढ्दैछ । यहाँ १ लाख १३ हजार बढी संक्रमित हुँदा २ हजार ३४९ बढी मृत्यु भएको छ भने ४६ हजार भन्दा बढी निको भएका छन् ।
पछिल्लो समय फ्रान्सको अवस्था पनि भयाबह बन्दैछ । यहँ १ लाख १२ हजार बढी संक्रमित हुँदा १० हजार ८६९ बढीको ज्यान गएको छ भने २१ हजार बढी सन्चो भएका छन् ।
एशियाली देश इरानमा ६४ हजार बढी संक्रमित हँदा झण्डै ४ हजाराको ज्यान गएको छ ।
बेलायतमा ६० हजार बढी संक्रमित हुँदा ७ हजार बढीको ज्यान गएको छ । यहाँका प्रधानमन्त्री बोरिस जोन्सल अझै पनि आइसियु मै छन । यद्यपी उनलाई अझैसम्म भेन्टिलेटरमा राखिएको छैन, तर अक्सिजन दिइराखिएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया