अहिलेसम्म कास्की सुरक्षित, क्वारेन्टाइनमा बसेका कसैमा पनि भाइरस भेटिएन, सबै घर पठाइए

समाधान संवाददाता २०७६ चैत २७ गते ८:०७

समाधान संवाददाता

कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट आएकाले कास्की क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोना भाइरसको संक्रमण भेएिन । कोरोना संक्रमण नभेटएपछि उनीहरुलाई आ आफ्नो घर पठाइएको छ । सरकारले बनाएको क्वारेन्टाइनमा बसेका ३६ जना नै घर गएका छन् भने होम क्वारेन्टाइनमा बसेकाहरुम पनि संक्रमणको लक्षण देखिएको छैन ।

कतार, भारत र बंगलादेश लगायतका देशबाट आएका ३६ जनालाई पोखराको मालेपाटन स्थित कृषि तालिम केन्द्र र रुपा गाउ पालिकामा क्वारेन्टाइनमा राखिएको थियो । पोखरा महानगर पालिकाले बनाएको केन्द्रमा राखिएका १६ जना र रुपामा राखिएका २० जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि आ–आफ्नो घर गएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद विन्दु शर्माले जानकरी दिए ।

Advertisement

अन्नपूर्ण गाउ पालिकामा होम क्वारेन्टाइनमा बसेकाहरु मध्ये पनि कसैलाई कोरोना संक्रमण देखिएन ।

१४ दिन पछि घर पठाइए पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा. शर्माले बताए ।

Advertisement

लकडाउन पछि बाहिरबाट आउन रोकिएकाले अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् ।

तपाईको प्रतिक्रिया