गण्डकीकाे सामाजिक विकास मन्त्रालयका सचिवले गरे धाैलागिरी अञ्चल अस्पतालकाे निरीक्षण

बागलुङ
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न आग्रह गरेका छन्र्नु ।
कोरोना भाइरस संक्रमित पाँचौँ र छैटौँ बिरामीको उपचार भइरहेको धौलागिरि अञ्चल अस्पतालमा अनुगमन र निरीक्षण गर्न बुधबार बागलुङ पुगेका सचिव शर्माले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले प्रदान गरेको सेवालाई प्रशंसा गर्दै भने, हजुरहरु मन, वचन र कर्म लगाएर उच्च मनोबलका साथ काम गर्नुहोस्, प्रदेश सरकारले तपाईंहरुको सुरक्षाका लागि सबै काम गर्न तयार छ ।
उनल धौलागिरि अञ्चल अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने निर्णय भइसकेकाले यहाँ कुनै पनि सुविधाको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले राखेको मागलाई तत्कालै सम्बोधन हुने बताउँदै सचिव शर्माले भने, यो प्रदेशको प्राथमिकताको अस्पताल हो, जनतालाई सेवा दिन यहाँ कुनै पनि कुराको अभाव हुन दिने छैनौँ । आवश्यकताका सबै माग पूरा हुन्छन ।
चिकित्सक र व्यवस्थापनले अस्पतालमा कोरोना उपचारका लागि स्वास्थ्य सामग्री, सुरक्षा कवच, दक्ष जनशक्ति र सवारी साधनको आवश्यकता भएकाले त्यसको व्यवस्था गर्न माग गरेका थिए । चिकित्सक रामबहादुर खत्रीले कोरोनाको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई विशेष भत्ता र सुविधाको व्यवस्थाका साथमा रु ३० लाख बराबरको बिमासमेत गरिएको जानकारी दिए ।
प्रदेश आपूर्ति तथा तालिम केन्द्रका निर्देशक खिमबहादुर खड्काले आवश्यकताका आधारमा धौलागिरि अञ्चल अस्पताललाई सेवा, सुविधा थप गरिँदै जाने बताए । सांसद मनकुमारी केसीेले अस्पतालको विकास र जनशक्तिका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताइन् । उनले प्रदेशको तर्फबाट प्राथमिकतामा राखेर यहाँको आवश्यकतालाई पूरा गर्न आग्रह गरिन् । रासस









कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया