पाहुना बन्दैछ कोरोना
समाधान संवाददाता
२०७६ चैत २७ गते १७:३८

– चिन्तु गिरी
आज सबै अछूत छाैं हामीहरू
छोई छिटो बार्ने दिन आएको छ
बल्ल मान्छे समान भएको छ ।
मेरो श्रद्धा छ मन्दिरहरूमा
गुम्बा र मश्जीद हरूमा
हाम्रा पूर्खाहरूको
मिहिनेत रगत र पसिनाबाट
सिर्जित सभ्यता हुन् मन्दिरहरू
त्यस भित्र बिराजमान देवताहरू
पूर्खाका कलात्मक हस्तरेखा हुन्
आज पाठ पूजा रोकिए पनि
घण्टा नबजे पनि मन्दिरहरूमा
मान्छेको बिरुद्धमा
झण्डा लिएर विरोधमा उत्रिदैनन् देवताहरू ।
यो भयभीत समयमा पनि
एकोहोरो शंख बज्ने संकेत पाएर होला
आफ्नै कात्रोमा गोजी सिलाउँदै छन्
उपल्ला घरेहरू ।
धन सम्पतिका अहंकारीहरू
मानमर्दन गर्दै गरीबहरूको
दुई कोसा केरा देखाएर
फूर्ती लडाई रहेछन् दानवीरहरू ।
हैजा बिफर र भूकम्प
बाढी पहिरो र सुनामी जस्तै बनेर
मान्छेको मानसिकता परिबर्तन गर्न
दुई चार महिनाको पाहुना बनेर
झुल्की रहेछ कोरोना ।
सम्बन्धित







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया