महानगरको राहत कोषमा मन्टेसरी एसोसिएसनको सहयोग

समाधान संवाददाता २०७६ चैत २७ गते १९:१९

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो ।

महानगरले स्थापना गरेको राहत कोषमा मन्टेसरी एसोसिएसन कास्कीले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । एसोसिएसन कास्कीका अध्यक्ष मीलन केसीले बिहीबार महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरिन् ।

Advertisement

संकटको बेला महानगरलाई साथ सहयोग गर्नु आफनो जिम्मेवारी र दायित्व भएको बताउदै अध्यक्ष केसीले कोरोना संक्रमण फैलिन नदिन सबै सर्तक र सचेत बन्नुपर्नेमा जोड दिइन् ।

महानगर प्रमुख जिसीले संकटका बेला सक्दो सहयोग गर्नुपर्नेमा जोड दिदै कोरोना संक्रमणलाई रोक्न एकद्धार प्रणालीमार्फत् राहत वितरणमा गरिएको बताए । उनले राहत वितरण गर्दा संक्रमण फैलिन सक्ने भएकाले महानगरले सर्तकतापूर्वक राहत वितरण गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया