सुखद समाचार–ब्रिटिस पिएम जोन्सनको स्वास्थ्य सुधार, वार्डमा सारियो

समाधान संवाददाता २०७६ चैत २८ गते ६:४७

एजेन्सी

कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको छ।

सघन उपचार कक्ष बाहिर निकालिए पनि जोनसन अस्पतालमै रहने डाउनिङ्ग स्ट्रिटले जनाएको छ।

Advertisement

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मार्च २७ देखि आइसोलेसनमा बसेका जोनसनमा १० दिनसम्म पनि भाइरसका लक्षणहरू निरन्तर देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना भएका थिए।

उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो।

Advertisement

बिबिसीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै बिहीबार साँझ जोनसनलाई सघन उपचारकक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई चिकित्सकहरूले निकट रहेर निगरानी गर्नेछन्।

दुई दिन सघन उपचार कक्षमा रहेका जोनसनलाई उपचारका क्रममा अक्सिजन दिइए पनि भेन्टिलेटरमा भने राखिएको थिएन।

तपाईको प्रतिक्रिया