संक्रमित १६ लाख माथि, मृतकको संख्या १ लाख नजिक

समाधान संवाददाता २०७६ चैत २८ गते ७:३१

एजेन्सी

विश्व महामारी कोरोना भाइरसका संक्रमित मानिसहरु संख्या १६ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १६ लाख ३ हजार ४२८ बढी संक्रमित पाइएका छन । त्यस्तै मृतकको संख्या एक लाख नजिक पुगेको छ । एजेन्सीहरुक अनुसार ९५ हजा ७१४ भन्दा बढीको ज्यान गैसकेको छ ।

यो भाइरसबाट संक्रमित मध्ये ३ लाख ५६ हजार बढी सन्चो भएका छन भने ११ लाख ५१ हजार संक्रमित उपचाररत छन । यी मध्य करिब ५० हजार जनाको स्वास्थ्य चिन्ताजनक छ भने, ११ लाख २ हजार सामान्य अवस्थामा छन ।

Advertisement

कोरोनाको कहरले सबै भन्दा शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा बढी भयावह अवस्था छ । यहाँ संक्रमित र मृतक दुवैको संख्या लगातार बढीरहेके छ । पछिल्लो २४ घण्टामा ३८ हहजार नयाँ संक्रमित थपिदा करिब २ हजार थप मानिसले ज्यान गुमाएका छन् । एजेन्सीका अनुसार अमेरिकामा मृतकको संख्या १६ हजार ६९१ नाघिसकेको छ । संक्रमित ४ लाख ६८ हजार बढी हुँदा २६ हजार सन्चो भएका छन् ।

स्पेनमा संक्रमित र मृतकको संख्या बढिरहेको भएपनि पहिलेको रफ्तार घटेको छ । हिजो स्पेनमा १ लाख ४८ हजार संक्रमित भएकोमा पछिल्लो २४ घण्टामा ५ हजार मात्र थपिएका छन । यहाँ पनि मृतकको संख्या ८ हजार भन्दा बढी सन्चो भएका छन । हिजो १४ हजार ७९२ छ मृतक रहेकोमा पछिल्लो २४ घण्टामा १५ हजार ४४७ पुगेको छ ।

Advertisement

इटलीबाट पनि नयाँ संक्रमित र मृतको संख्या बढ्ने क्रममा केही कमी आएको छ । यहाँ पछिल्लो २४ धण्टामा ३ हजार बढी नयाँ संक्रमित फेला पर्दा ५ सय बढीले जयान गुमाएका छन् । इटलीमा करिब १ लाख ४३ हजार संक्रमित मध्ये १८ हजार २७९९ को मृत्यु भएको छ भने २८ हजार भन्दा बढी सन्चो भएका छन् ।

जर्मनीमा संक्रमित र मृतकको संख्या बढ्दैछ । यहाँ १ लाख १८ हजार बढी संक्रमित हुँदा २ हजार ६०७ बढी मृत्यु भएको छ भने ५२ हजार भन्दा बढी निको भएका छन् ।

पछिल्लो समय फ्रान्सको अवस्था पनि भयाबह बन्दैछ । यहँ १ लाख १७ हजार बढी संक्रमित हुँदा १२ हजार २१० जनाको मृत्यु भैसकेको छ । २४ घण्टा अघि १० हजार ८६९ मृत्यु भएको थियो । यहाँ एकै दिनमा झण्डै १४ सयले ज्यान गुमाएका छन् ।

भाइरसको उद्गमस्थल चिनमा पछिल्लो २४ घण्टा ४२ जना नयाँ संक्रमित भेटिदा थप एक जनाको मृत्यु भएको छ ।

एशियाली देश इरानमा ६६ हजार बढी संक्रमित हँदा झण्डै ४ हजार ११० को ज्यान गएको छ ।

बेलायतमा ६५ हजार बढी संक्रमित हुँदा करिब ८ हजारको ज्यान गएको छ । यहाँका प्रधानमन्त्री बोरिस जोन्सनलाई भने आइसियुबाट वार्डमा सारिएको छ । यसको अर्थ उनको स्वास्थ्यमा ठुलो सुधार आएको छ ।

तपाईको प्रतिक्रिया