स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन कास्की कांग्रेसकाे आग्रह

समाधान संवाददाता
पोखरा, २८ चैत ।
नेपाली कांग्रेस कास्कीले राष्ट्रिय संकटका बेला अग्रपंक्तिमा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल माथि उठाउन माग गरेको छ ।
सरकारले मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै उनीहरुका लागि आवश्यक सुरक्षा सामग्री र सुविधासहित व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन माग गरेको हो ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरण समेत प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।
‘राहत अत्यावश्यक रहेको वर्ग मजदुर र ज्यालादारी गर्नेसम्म राहत पुग्न नसकेको गुनासो टोलटोलबाट आएको छ विज्ञप्तिमा भनिएको छ,राहत नपाउँदा कष्टकर दैनिकी बिताउन बाध्य मजदुर र ज्यालादारी वर्गलाई यथाशिघ्र राहत उपलब्ध गराउँन माग गर्दछौं।’
विज्ञप्तिमा राहत वितरणमा देखिएको राजनीतिक पूर्वाग्रहप्रति समेत आपत्ति जनाएको छ ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया