लकडानउमा बजार अनुगमनलाई तीब्रता

समाधान संवाददाता २०७६ चैत २८ गते १५:१४

समाधान संवाददाता
पोखरा ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा बजारमा कालोबजारी हुन सक्ने भन्दै प्रदेश अनुगमन समितिले अनुगमनको कामलाई तिब्रता दिएको छ ।

अनुगमन समितिले पोखराका मुख्य बजार क्षेत्र सगै कास्कीका अन्य भाग र तनहुका विभिन्न क्षेत्रमा गएर बजार अनुगमनको गरेको छ । यस वाहेक प्रदेशका जिल्ला जिल्लामा रहेका घरेलु कार्यालय मार्फत सवै जिल्लामा निरन्तर बजार अनुगमन भै रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए ।

Advertisement

लकडाउन अघिको र हालको बजार अनुगमन फरक रहेको निर्देशक पौडेलको भनाई छ । लकडाउन अघिका अनुगमनमा खाद्य बस्तु सगै बजारमा बिक्रीका लागि राखिएका बस्तुहरुको गुणस्तर र मुल्य लाई प्राथमिकता दिएर हेर्ने गरिएकोमा हाल खाद्य वस्तुको सप्लाई लाई प्राथमिकता दिएर हेरिरहेको पौडेलले बताए ।

उपभोक्ताले सहज तरिकाले दैनिक उपभोग्य सामान पाउन भन्ने उदेश्यले अनुगमनको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको र सामान नपाएका कारण केही पनि खान नपाएर भोकै बस्न नपरोस भन्ने प्रदेश सरकारको चाहना र पहिलो प्राथमिकता रहेको भनाई समेत उनको छ ।

Advertisement

उपभोक्ताहरुलाई दैनिक उपभोग्य खाद्य वस्तुको सहज पहुच सगै कृषकहरुको उत्पादनलाई बजारसम्म ल्याउन कसरि सहयोग गर्न सकिन्छ भन्नेमा निर्देशनालयले काम गरिरहेको पौडेलले जानकारी दिए । गाई वस्तुको लागि आवश्यक चोकर, दाना लगायतका बस्तुको सहज आपूर्तिका लागि समेत काम गरिरहेको, खुलेका पसलहरुलाई मापदण्ड पूरा गरेर वस्तु बिक्री वितरणका लागि संचालकहरुलाई आग्रह सगै आवश्यक सहयोग गरेको उनले जानकारी दिए ।

कुनै पनि वस्तुमा मुल्य बृद्धि भएको नपाइएको भनाई पौडेलको छ । ग्यास लगायतका पेट्रोलियम प्रदार्थ यस अघि उपभोक्ताले धेरै संचय गरेकाले सुरुमा केही समस्या देखीएपनि हाल कुनै समस्या नरहेको र आइतवारदेिख भरी सिलिन्डर ग्यास बजारमा आउने भएकाले बजामा सहजता ल्याउने भनाई पौडेलको छ ।

प्रदेश अनुगमन समितिका सदस्य कपिलनाथ कोइरालाले बजारमा आपूर्तिको अवस्था सहज रहेको अनुगमनको क्रममा भेटिएको जानकारी दिए । बजारमा आपूर्तिको अवस्था पनि सहज रहेको र मृल्यबृद्धि समेत नभएको, खाद्य बस्तुको स्टक केही समयका लागि रहेको भए पनि आँटाको कमी रहेकाले मगाउने काम भइ रहेको जानकारी दिए ।

उता व्यापारिहरुले लकडाउनका कारण कुनै पनि उपभोक्ताले खान नपाउन अवस्था सृजना नहोस भन्ने उदेश्य सहित आफुहरले सेवा गरिरहेको बताएका छन् । आफनो पसलमा आउने ग्राहकरुलाई सहज तरिकाले सामान कसरि उपलव्ध गराउन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखी आफूहरु खटरहेको भनाई व्यापारीहरुको छ ।

तपाईको प्रतिक्रिया