चिकित्सक र स्वास्थ्यकर्मीकाे तलबबाट रकम कट्टी नहुने

पाेखरा
सरकारले सञ्चालन गरेको कोरोना राहत कोषमा चिकित्सक र स्वास्थकर्मीको तलबबाट रकम कट्टी नहुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मन्त्रालय मातहतका चिकित्सक र स्वास्थ्यकर्मीलाई कुनै पनि परिपत्र नगरिएको जानकारी गराए ।
उनले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
काेराेना संक्रमणकाे आशंकामा शुक्रबारसम्म मुलुकभर ३ हजार ५ सय २४ र बाहिर नमुना परीक्षण गरिएको छ ।
हाल राजधानी बाहिर १० ठाउँबाट धमाधम नमुना परीक्षण गरिएको र दायरा पनि बढाइएको देवकोटाले जानकारी गराए ।
कैलालीमा ३ सय ४९ जनाको कञ्चनपुरमा १ सय ३७ कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको र्यापिड टेस्ट गरिएको र सबैको नतिजा नेगेटिभ रहेको उनले बताए ।
मुलकभर शुक्रबार ८ सय भन्दा बढी नमुनाको परीक्षण भइरहेको छ ।
र्यापिड टेस्टका लागि सबै प्रदेशमा ५ हजारका दरले किट पठाइएकाे र क्वारेन्टाइनमा राखिएका सबैकाे परीक्षण गर्ने लक्ष्य राखिएकाे डा देवकाेटाले जानकारी दिए ।
र्यापिड
टेस्ट गरिएका सबै नमुना राष्ट्रिय प्रयाेगशालामा पुन परीक्षण गरिने मन्त्रालयले
जनाएकाे छ ।
शुक्रबासम्म मुलुकभर ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा राखिएकाे छ भने १ सय25जनालाई आइसाेलेसनमा राखिएकाे छ ।
तपाईको प्रतिक्रिया